मलेसियाले कामदार लिन तोकिएको मापदण्ड नेपालको वैदेशिक रोजगारले स्वीकार्न सकिन: बैरो संघका पुर्वमहासचिव भुर्तेल
काठमाडौं– मलेसिया सरकारले नेपालबाट श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटका लागि १० वटा मापदण्ड तोकेको स्वीकार नकिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्वमहासचिव मेघनाथ भुर्तेलले बताएका छन् ।

मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाल दूतावासलाई पत्र लेख्दै उक्त मापदण्ड पूरा गर्ने एजेन्सीलाई मात्रै कामदार भर्ती प्रयोजनका लागि छनोट गरिने जानकारी गराएको हो । यो नेपालको वैदेशिक रोजगारीका हकहतिमा छ कि छैन भनेर अध्ययन नभएको उनले टिप्पणी गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायीहरुले मलेसिया रोजगारीमा सिण्डिकेड लागू गर्ने चलखेल भइरहेको भन्दै आवाज उठाउँदै आएका थिए । त्यसलाई पुष्टि गर्ने गरी मलेसिया सरकारबाट पछिल्लो कदम चालिएको भन्ने विषयमा नेपाल सरकारले तत्काल छानबिन गरी व्यवसायीहितका लागि निर्णय गर्नुपर्ने उनको माग छ ।
उनले जारी गरेको विज्ञप्ती
आदरणीय ब्याबसायी ज्यु हरु नमस्कार
नेपाल वैदेशिक रोजगारको इतिहास का विभिन्न कालखण्डमा विभिन्न प्रकारको व्यावसायिक एकाधिकार न आएको हैन इतिहास साक्षी छ,कतिपय सफल भए होलान कति हुन सकेनन बताइ रहानु परेन। यी सबै खाले एकाधिकार भनौ वा अन्य ब्यबसायी जन्य हाम्रा हरेक गतिबिधी हामी ब्यबसायी एकता नहुनु प्रमुख कारक तत्व हो र व्यावसायि सघको नेतृत्वको भुमिका प्रती पनि निर्भर रहन्छ।
हिजो देखिको ब्याबसायी संजालका विभिन्न समूह मा भए गरेका सम्बाद हरु हेर्दा हामी आफै – आफै सकिने गरि बिचलित भएको र यस् बाट निस्कने परिणाम भनेको निश्चय नै असम्यभाबी छ। तसर्थ यो बेला भनेको बेलैमा सचेत भएर व्यावसायि नेतृत्व ले असाध्य सुझ–बुझ र बुद्दिमता पुर्बक हाम्रा तालुकदार मन्त्रालय ,परराष्ट्र मन्त्रालय र नेपाल स्थित मलेसियन दूतावास लाई हालै मलेसिया सरकारले गरेको आप्रवासन नीति अनुसार हामिले काम गर्न नसक्ने कुरा प्रष्ट पार्नु उचित देखिन्छ।
साथै हाम्रो सरकार मार्फत मलेसियन सरकार लाई हालै निर्णय भएको मलेसियन आप्रवासन नीति नेपाल र नेपाली ब्यबसायीले मान्न नसक्ने कुराको प्रष्ट पार्न कुटनैतिक पहलकदमी अघि बडाउन लबिङ गर्नु को बिकल्प छैन किन कि यो कुनै व्यावसायि वा ब्यबसायी सघ लाई गरिएको सामान्य पत्राचार हैन।
सगै नेपाल जस्तै अन्य जुन ५ वटा मुलुकमा समान आप्रवासन नीति लागू गर्ने गरि पत्राचार भएको भन्ने छ ती मुलुकमा पनि हाम्रा जस्तै सघ संगठन छन ती सङ पनि समान धारणा का निमित्त सघले पहल गर्न पर्ने देखिन्छ। यी हाम्रा संजाल का समुहमा तछाड र मछाड गरेर साना र ठुला भनेर रोइलो गर्नु औचित्य छैन ।तसर्थ यो विषम परिस्थितिमा सबै एक भएर यो समस्या समाधानका खातिर अघि बडौ ।
जय व्यवसायी
व्यवसायी एकता जिन्दावाद ।
मेघनाथ भुर्तेल
नि, महासचिव
नेपाल बैदेशिक रोजगार व्यवसायी संघ
