Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मलेसियाले नयाँ मापदण्डमार्फत भित्र्याउन लागेको सिण्डिकेटविरुद्ध वैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठको ७ बुँदे व्यवसायीलाई सुझाव

मलेसियाले नयाँ मापदण्डमार्फत भित्र्याउन लागेको सिण्डिकेटविरुद्ध वैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठको ७ बुँदे व्यवसायीलाई सुझाव
  • १५ कार्तिक २०८२, शुक्रबार १९:३२

काठमाडौं– मलेसियाले नेपाली कामदार आपूर्तिका लागि हालै पठाएको नयाँ मापदण्डको विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले ७ वटा सर्त अघि सरेका छन् । उनले मलेसिया रोजगारीको सिण्डिकेटविरुद्ध व्यवसायीले तत्काल गर्नुपर्ने भन्दै ७ बुँदे सर्तमार्फत सवै व्यवसायीलाई प्रतिबद्धताका लागि आग्रह समेत गरे ।

mulpatra

मलेसिया रोजगारीमा सिण्डिकेट नीतिगत रुपमै लगाउन खोजेको भन्दै उनले यसको विरुद्धमा सरकारसहित सबै व्यवसायीले प्रतिबद्धता गर्नुपर्ने सर्तमा उठान गरेका छन् ।

उनी मलेसिया सिण्डिकेटबिरूद्व संघकाे तर्फबाट वार्ता टाेलीका संयाेजक समेत छन् । उनीसँगै महासचिव र अध्यक्ष समेत टाेलीमा छन् ।

mulpatra mulpatra mulpatra

७ बुँदे सर्त

मलेसियाको रोजगारीमा हुन लागेको सिण्डिकेट सम्बन्धमा हामीले निरन्तर दबाबमुलक कार्यक्रम दिनु पर्ने देखिन्छ । हामी दबाब दिन सकेनौ भने यो सिण्डिकेट लागू हुने निश्चित देखिन्छ।

विहिबार मात्र श्रम मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा घुमाउरो पाराले सिण्डिकेटकै पक्षमा देखियो भन्दा फरक नपर्ला । श्रम मन्त्रालयले सिण्डिकेटकै लागि विज्ञप्ती निकालेजस्तो देखियो । अहिलेको अवस्थामा मन्त्रलायलाई सिण्डिकेटविरुद्धमा चर्को दबाब दिनुपर्ने हुन्छ । नत्र हामी फ्रि भिसा र फ्रि टिकटमा जस्तै चुक्ने छौ । संघले आज नै सिन्डिकेटधारीविरुद्ध लड्नका लागि आन्दोलनको तयारी र सिण्डिकेट नेपालको वैदेशिक रोजगारी क्षेत्रबाटै अन्त्य गर्नुपर्छ भनेर लडार्इँ नै लड्नुपर्ने अवस्था सिर्जना भयो ।

Image Source: © https://mulpatra.com

१ कम्तीमा सिण्डिकेटविरुद्ध सबै व्यवसायीले प्रतिबद्धता जनाउदै आन्दोलनका लागि तयार बस्ने
२ मलेसियाले पठाएको मापदण्डभित्र पर्ने सबै म्यानपावर व्यवसायीहरुको प्रतिबद्ता पत्र लिने अथथामा यसमा सलग्न हुँदैनौं संघसँग प्रतिबद्ता गर्ने
३ नेपाल स्वास्थ ब्यबसायी महासंघमार्फत गैरकानुनी रुपमा सञ्चालन भएका मेडिकलनमा कुनैपनि म्यानपावर व्यवसायीले स्वास्थ्य परिक्षण तत्काल नगराउने अथवा बायोमेटिक मेडिकलबिरुद्ध छलफल गरी एउटा महत्वपुर्ण निर्णय गरी सरकारलाई दबाब दिने ।

४ मलेसिया स्वास्थ्य मेडिकलमार्फत कामदारमाथि भइरहेको आर्थिक शोषण र मेडिकल बिचौलियाविरुद्ध लड्ने (सरकार र अदालती भाषामा २०७५ सालमा ती व्यवसायी विचौलिया भनिएको छ )

५ कम्तीमा २ दिन मलेसिया कामदार नपठाउनेस र उडान बन्द गरी सरकारलाई दबाब दिने ।
६ मलेसिया दुतावासमा सिण्डिकेट होइन भने स्पष्ट नभएसम्म सहित शान्तिपूर्ण बिरोध र ज्ञापान पत्र बुझाउने ।
७ श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागसहित जेनजीसँग छलफल गरी प्रधानमन्त्री कार्यालय घेराउ कार्यक्रम गर्ने ।

नोट : यीबाहेक अन्य विषयमा तत्काल म्यानपावर व्यवसायीले बृहत नागरिक अगुवा, पत्रकार, रोजगारविज्ञ र सरकारसँग तत्काल छलफल गर्नुपर्ने आवश्यकता देखियो ।
नेपाल वैदेशिक रोजगार व्यवसाय संघ
प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ