जेनजीले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे सम्झौताको ड्राफ्ट

जेनजीले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे सम्झौताको ड्राफ्ट
  • २९ कार्तिक २०८२, शुक्रबार १७:३६

काठमाडौं– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न तीन जेनजी समूहहरुले सम्झौताको ड्राफ्ट प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन् ।

mulpatra

जेनजी मुभमेन्ट अलायन्स, सुधन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले ११ बुँदे प्रस्ताव तयार गरेका हुन् । उनीहरु यो ड्राफ्टमा सरकार पक्षले थपघट गरेपछि राष्ट्रपतिसँग औपचारिक रुपमा सम्झौता गरेर आन्दोलनलाई वैधानिकता दिने तयारीमा छन्।

प्रस्तावित सम्झौतामा ‘नो भोट’ को प्रावधान राख्नेदेखि राजनीतिक दलहरुले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्नुपर्नेसम्मका व्यवस्था उल्लेख गरिएको छ । निर्वाचन आयोगले तयार गर्ने मतपत्रमा राजनीतिक दल र उम्मेद्वारको क्रमाङ्क गोला प्रथाबाट राख्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

mulpatra mulpatra mulpatra