प्रसाईले आन्दोलनको घोषणा गरेपछि गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक
काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

नागरिक बचाउ महाअभियानको संयोजक दुर्गा प्रसाईले आन्दोलनबाछ पछि नहट्ने प्रतिबद्धता गरेपछि केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्न लागेको हो । प्रसाईको आन्दोलन केन्द्रीत रणनीति बनाउन गहृमन्त्रीले बैठक बोलाएको हुन् ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।
