Close

Recent Posts

कुलमानको पार्टीका चर्चित अनुहार, परिवार र जातिय विरासत फाइदा हुने निर्वाचन क्षेत्र तोक्दै

कुलमानको पार्टीका चर्चित अनुहार, परिवार र जातिय विरासत फाइदा हुने निर्वाचन क्षेत्र तोक्दै
  • १ मंसिर २०८२, आईतवार १८:५०

काठमाडौं– कुलमान घिसिङको उज्यालो नेपालमा चर्चित, कलाकार र आदीवासी जनजातीकै प्रभुत्व छ । पार्टीमा ५१ सदस्यीय केन्द्रीय समिति छ । केन्द्रीय समितिकै एक नेताले अर्को नेता चिनेका छैनन् ।

mulpatra

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व छान्न युवाहरूले सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा बहस चलाउँदा पनि कुलमानको नाम अग्रपंक्तिमै आएको थियो । युवाहरूले बालेन शाह र सुशीला कार्कीपछि तेस्रो स्थानमा कुलमानको नाम प्रस्ताव गरेका थिए ।

अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान आफ्नै पार्टी खोलेर राजनीतिमा होमिइसकेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गरेर उनले ’उज्यालो नेपाल पार्टी’ खोलेका छन्, जसको चुनाव चिह्न ’चिम’ हो ।

कुलमान अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने बौद्ध÷महांकालमा बस्दै आएका छन् ।काठमाडौं–३ को टिकट आफ्ना लागि सुनिश्चित भएइरहेको छ काठमाडौं–३ बाहेक कुलमानले चुनाव लड्न सक्ने क्षेत्र उनको गृहजिल्ला रामेछाप हो । उनी रामेछाप पनि जान सक्ने अनुमान छ ।

यस्तै उनको पार्टीमा इलामको निर्वाचन क्षेत्र २ बाट यसअघि स्वतन्त्र उम्मेदवार बनेका डेकेन्द्रसिंह थेगिम कुलमानको पार्टीमा छन् । उनले सुवास नेम्वाङ बितेपछि इलाममा उठेको थिए । अहिले उनै थेगिम कुलमानको पार्टीबाट इलाम २ बाट उठ्दै छन् ।

अघिल्लो निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार भएका श्री गुरूङ पनि कुलमानको पार्टीमा छन् । उनीपनि यहाँबाटै उठ्ने तयारीमा छन् ।

साथै कुलमानको पार्टीमा रहेका महेन्द्रसुन्दर लावती पाँचथरबाट चुनाव लड्ने आकलन गरिएको छ । उनका बुबा पद्मसुन्दर लावती पञ्चायत कालदेखि राजाको सक्रिय शासनमा नेपाली राजनीतिको केन्द्रमा थिए । उनले पाँचथरमा तयारी समेत गरिरहेका छन् ।

दिवंगत पद्मसुन्दर लावतीको कामको सम्मानस्वरूप पाँचथरको फिदिम र यासोक बजारको मध्यभागमा शालिक निर्माण गरिएको छ । त्यसैले छोरा लावतीलाई पाँचथरमा चिनाउन ठूलो मिहिनेत आवश्यक पर्ने छैन ।

विवेकशील साझा पार्टीबाट सक्रिय राजनीति गरेका निर्देश सिलवाल पनि उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिमा छन्। अघिल्लो चुनावमा उनी काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार थिए ।

कुलमानको पार्टीमा कलाकार रिमा विश्वकर्माको पनि केन्द्रीय समितिमा नाम छ । त्यसमाथि नेपालभर जताजतै चिनिएकी रिमालाई अन्य क्षेत्रमा चुनाव लड्न पहिचान गराइराख्नु पर्दैन । कुलमानको पार्टीमा डा. गोविन्द केसीको आन्दोलनबाट चिनिएका अभिषेकराज सिंह पनि केन्द्रीय सदस्यको भूमिकामा छन् ।

कुलमानको पार्टीमा विवेकशील साझा पृष्ठभूमिका ६ जना नेता छन् । तीमध्ये रजिया बानु पनि एक हुन् । उनी काठमाडौंबाटै उम्मेदवार बन्ने आकलन छ ।

त्यस्तै, विवेकशील साझा पार्टीबाट विगतमा राजनीति गरेका सञ्जीव भट्टराई पनि चितवन–२ बाट उम्मेदवार बन्ने अनुमान छ ।

कुलमानको पार्टीमा विवेकशील साझा पृष्ठभूमिका ६ जना नेता छन्। तीमध्ये रजिया बानु पनि एक हुन्। उनी काठमाडौंबाटै उम्मेदवार बन्ने आकलन छ । त्यस्तै, विवेकशील साझा पार्टीबाट विगतमा राजनीति गरेका सञ्जीव भट्टराई पनि चितवन–२ बाट उम्मेदवार बन्ने अनुमान छ ।

भिडियो विश्लेषणः