Close

Recent Posts

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
  • १ मंसिर २०८२, आईतवार १८:४७

काठमाडौं– आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते हुने भएको छ । तोकिएको निर्वाचन कार्यतालिकाअनुसार सोही दिन उम्मेदवारले आवश्यक कागजातसहित मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो ।

mulpatra

निर्वाचन आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको छ । आगामी दिनमा निर्वाचन अभियान, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारणलगायतका कार्यक्रम क्रमशः अघि बढाइने आयोगले जनाएको छ ।