मुख्यसचिवको दौडमा तीन सचिव, वरियात किन महिलाले पाउलिन् ठाँउ

मुख्यसचिवको दौडमा तीन सचिव, वरियात किन महिलाले पाउलिन् ठाँउ
  • ५ मंसिर २०८२, बिहीबार ०९:०९

काठमाडौं– मंसिर महिनामै मुख्यसचिवसहित तीनजना सचिव अनिवार्य अवकाशमा जाँदैछन् । राष्ट्रिय किताबखानाको विवरणअनुसार मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतम मंसिरमै सेवाबाट अवकाश हुने भएको हो ।

mulpatra

मुख्यसचिव अर्याल र आयोगका सचिव दुवाडी दुवै मंसिर १० गतेदेखि अवकाशमा जान लागेका छन् । अर्याल ५८ वर्षे उमेर–हद पुगेका कारण अवकाश हुँन लागेका हुन् भने दुवाडी सचिवमा बढुवा भएको पाँच वर्षे सेवा अवधि पूरा गरी घर फर्किन लागेका हुन् ।
२०८१ भदौ १३ गते मुख्यसचिव बनेका अर्यालले करिब १५ महिने कार्यकाल पूरा गरेर घर फर्कदै छन् । दुवाडी २०७७ मंसिर १० मा सचिवमा बढुवा भएका थिए । सचिवको रूपमा दुवाडीले विभिन्न मन्त्रालयमा पाँच बर्ष बिताएका छन् ।

यस्तै, मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतम मंसिर १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएका छन् । गौतम ५८ वर्षे उमेर–हद पुगेका कारण २०८० भदौ २१ मा सचिवमा बढुवा भएका थिए । उनि करिब २७ महिना सचिवका रूपमा कार्यरत रहे ।

उनका अनुसार दुवाडी अवकाशमा गएपछि सचिवहरूमा वरिष्ठता क्रमको शीर्ष स्थानमा रक्षा सचिव सुमनराज अर्याल रहेका छन् । अर्याल २०७७ माघ १९ मा सचिवमा बढुवा भएका थिए । अर्यालको आगामी माघ १८ मा पाँच वर्षे सेवा अवधि पूरा हुने ती अधिकारीले जानकारी दिए । तर अर्याल मुख्यसचिव बनेमा भने २०३ असार २५ मा ५ वर्षे उमेरहदका कारण अवकाश हुनेछ ।

अर्यालपछि वरिष्ठता क्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य छिन् । शाक्यपछि राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी वरिष्ठ सचिवको रूपमा रहेका छन् ।

२०७८ असार २१ मा सचिवमा बढुवा भएका बुर्लाकोटी मुख्यसचिव नियुक्त भएमा २०३ भदौ २६ सम्म ५ वर्षे उमेरहद पुग्दासम्म पदमा रहन पाउने छन् ।