Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एमाले सचिव भट्टराईको दावीः मधेशको पार्टी निर्माणमा ईश्वर पोखरेलको हात

एमाले सचिव भट्टराईको दावीः मधेशको पार्टी निर्माणमा ईश्वर पोखरेलको हात
  • ५ मंसिर २०८२, बिहीबार ११:३३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले मधेशमा जनतासंग एकाकार भएर पार्टी निर्माण गर्नेमा ईश्वर पोखरेलको हात रहेको जनाएका छन् ।

mulpatra

मधेश प्रदेशमा एमाले स्वयंले गरेका गल्ती र एमाले माथि हुन थालेको आक्रमणको विषयलाई सम्बोधन गर्दै पार्टी सचिव योगेश भट्राईले सामाजिक सन्जालमा लामो स्टाटस राख्दै विगतमा मधेसमा पार्टीले प्राप्त गरेको उपलब्धिको श्रेय पार्टी अध्यक्ष र लामो समय जनतामा बसेर मधेशको राजनीतिलाई लयमा ल्याउने हात इश्वर पोखरेलेको रहेको जनाएका छन् ।

हालै होटलमा मधेश प्रदेशको मुख्यमन्त्रीलाई सपथ खुवाएको विषय अदालतमा रहेको छ । सोही विषयलाई लिएर एमालेबाट प्रदेश प्रमुख बनेकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरिसकेको छ भने होटलमा सपथ खाएर नियुक्ति लिने एमालेका मुख्यमन्त्री सरोज यादवको समेत पद धरापमा छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको छिमेकी भण्डारी ओलीकै निगाहमा प्रदेश प्रमुख बनेकी थिइन । उनको निर्णयले मधेश प्रदेशमा एमालेलाई धक्का लागेको छ । सोही कारण पनि एमालेबाट बनेका सभामुख समेत पदमुक्त भइसकेका छन् ।

mulpatra mulpatra mulpatra

यता हिजो बारा जिल्लामा एमालेले गर्ने तय भएको जागरण अभियानमा जान तयार भएका पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा जान पाएनन । त्यही कारण सिमरा विमानस्थलमा तोडफोड र आगजनी शुरु भएपछि राज्यले कर्फ्यु जारी गर्न वाध्य भयो ।

मधेशमा देखिएको पार्टीका कमजोरीले एमाले मधेशमा एक्लिएको बताउँदै सचिव भट्राईले सामाजिक सन्जालमा लेखेका छन् । ‘२०७२ साल असोज ३ गते तत्कालिन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केहि वर्ष मधेस प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रहयो । एमालेमाथि विभिन्न शक्तिहरूले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साधियो । पार्टी कार्यालय लगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटकर पटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेसमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों । नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्यों ।’

विगतको निर्वाचनमा उम्मेदवार छनौटमा समेत नेतृत्वले ध्यान नपुर्याएको कारण परिणाम कमजोर रहेको उनको आरोप छ । प्रतिनिधि छनौट र प्रभु साहको घातबारे उनले भने ‘प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिट सहित एमाले पहिलो पार्टी बन्यो । अंतिम बेलामा प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याऊँन सकेको भए परिणाम अझ राम्रो हुने थियो । मधेसमा पार्टीलेप्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जांन्छ । वहाँले मसिनो ढंगले मधेसको कामको व्यवस्थापन तथा ब्यक्ति, व्यक्तिको खटन, पटन गर्नु भएको थियो । पार्टी सचिब रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरू लगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।’

Image Source: © https://mulpatra.com

स्वयं पार्टी सचिव भट्राईले समेत मधेश प्रदेशको इंचार्जको भूमिका निर्वाह गर्दा प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा उल्लेख गरेका छन् ।

मधेश प्रदेशमा पार्टीको अवस्था राम्रो हुँदा हुँदै अहिले नेकपा एमालेलाई ठुलो धक्का लागेको स्वीकारेका छन् । पार्टीको सार्वजनिक छबिमा गंभीर प्रश्न उठेका, प्रदेश प्रमुखको बर्खास्ती भएको, सभामुख पदमुक्त हुनुभएको, मुख्यमन्त्री पद अदालतको कठघरामा रहेकोले एक्लिएको, पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको कारण के हो ? भन्दै उनले मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्ने कुरा राख्दै पार्टी अध्यक्षलाई निवेदन गरेका छन् ।