प्रधानमन्त्री कार्कीमाथि ओलीको रिस, अझै ठूलो विद्रोह हुनसक्छ रे, त्यो भन्या के, जवाफ चाहियो
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजीको नाममा देशमा उपद्रो कसैले नपाउने बताएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि आक्रोश पोखे ।

नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै पार्टीको युवा भेलामाथि अवरोध खडा गरेको भन्दै उनले चर्को असन्तुष्टि जनाए । उनले भने, ‘नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी काम भए, बिथोल्ने र आतङ्क मच्चाउने काम भयो, त्यो अहिलेसम्म जारी छ, अस्ति एमालेमाथि ढुङ्गा हान्न आए, विमानस्थल र प्रहरीमाथि ढुङ्गा हान्न आए, त्यस्ता क्रियाकलाप सरकारले अविलम्ब छिटो रोक्नुपर्छ ।’
सरकारले चुनाव गर्छु भने पनि देशभित्रै नेताहरूलाई निषेध गरेर हुन नसक्ने बताए । उनले प्रधानमन्त्रीले १२५ दलसँग वार्ता राखेर कांग्रेस एमालेको अपमान गरेको टिप्पणी गरे ।
![]() |
![]() |
![]() |
|---|
उनले भने, ‘यो सरकार संविधान अनुसार बनेको छैन भन्ने हो भने त झन् अर्को विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? जनतालाई धम्काएर, तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेको, त्यो के ? फेरि आगो लगाउने, तोडफोड गर्ने, लुटपाट हो ? त्यो अनुमान हो कि योजना हो ? योजना हो भने सपना नदेख्नुस् ।



