दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानको बन्द हडतालको कार्यक्रम फिर्ता
काठमाडौं । नागरिक बचाउ महाअभियानका संंयोजक दुर्गा प्रसाईले आज देखि गर्ने भनिएको बन्द हड्तालको कार्यक्रम फिर्ता भएको छ ।
गए राति बालुवाटारमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री सुसिला कार्की, गृहमन्त्री सहितको वार्ता पश्चात बन्द हड्ताल फिर्ता लिने निर्णय गरेको सचिवालयले जनाएको छ ।

सरकारले केही दिन अघि मध्यरातमा घरबाटै पक्राउ गरेको थियो । हाल उनी हिरासतमै छन् । तर प्रसाईको पक्राउको चौतर्फी विरोध हुँदै आएको छ । हिजो राति उनै प्रसाईको समूहसँग प्रधानमन्त्रीसँग वार्ता भएपछि प्रसाईले उठाएका मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको जनाइएको छ ।
वार्ताका क्रममा केही दिन अघि गृहमन्त्रीसँग भएको वार्तामा बुझाइएको २७ बुँदे मागको विषयमा वृहत छलफल साथै ती विषयहरुको समाधानको लागि आवश्यक पहल गर्ने सहमति भएको छ ।
महाअभियानको तर्फबाट राखिएको प्रस्तुत लघुबित्त र सहकारीमा भएको २० लाख भन्दा मुनीको ऋण मिनाहा गर्ने र सहकारी बचतकर्ताको डुवेको रुकम फिर्ता गराउने सन्दर्भमा सरकार, महाअभियान र सरोकारवाला निकाय र वचतकर्ता बीच संयन्त्र निर्माण गर्ने, भूमीहीन, सुकुम्बासी र काठमाण्डौ उपत्यकामा रहेका कवाड व्यवसायीहरुलाई दिर्घकालीन विकल्प सहित व्यवस्थापन गर्ने, बैंक वित्तिय संस्थाका कालोसुचिमा रहेका व्यवसायीहरुको समस्याको समाधान गर्ने जस्ता महत्वपूर्ण सहमति भएको विज्ञप्तीमा जनाइएको छ ।
सरकारसँग भएको महत्वपूर्ण सहमति पछि अभियानले आजदेखिको बन्द हडताल फिर्ता लिने निर्णय गरेको छ भने शान्तिपूर्ण सभा र जनजागरण अभियानलाई निरन्तरता दिने कार्यक्रम भने यथावत रहने जनाएको छ ।

