Close

Recent Posts

महामन्त्री थापा भन्छन् – कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन

महामन्त्री थापा भन्छन् – कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन
  • ९ मंसिर २०८२, सोमबार १४:५०

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी चुनावमा नजाने दोहो¥याएका छन्। उनले कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनाव लड्ने बताए।

mulpatra

हिजो कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको सभापति देउवाको हस्ताक्षरबाट निर्वाचन आयोगमा पार्टी दर्ता गराइएको थियो । त्यसबारे उनले भनेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने; होइन।’

उनले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने दाबी गरे। उनले थपेका छन्, ‘मैले भने प्रष्ट छ– अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

mulpatra mulpatra mulpatra

उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै भने, ‘कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’