Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कुलमानको सम्बोधन, उज्यालो नेपालले बनायो पहिलो प्रदेश कमिटी

कुलमानको सम्बोधन, उज्यालो नेपालले बनायो पहिलो प्रदेश कमिटी
  • १० मंसिर २०८२, मंगलवार १४:०५

काठमाडौं– उज्यालो नेपाल पार्टीले संगठन विस्तारको औपचारिक सुरुवात गर्दै पहिलो प्रदेश कमिटी गठन गरेको छ । कुलमान घिसिङको नेतृत्वमा बनेको उक्त नयाँ राजनीतिक दलले बागमती प्रदेशबाट आफ्नो संरचना विस्तारलाई तीव्रता दिएको हो ।

mulpatra

सोमबार इन्द्रेणी बैंक्वेटमा बसेको प्रदेशस्तरीय भेलाले प्रविण तामाङको संयोजकत्वमा ७५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरिएको पार्टीका नेता जीतराम वाइबाले जानकारी दिए। मंसिर ५ गते दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रित हुँदै संगठन विस्तारका गतिविधि अघि बढाएको हो।

जेनजी आन्दोलनपछि भदौ २३ र २४ गते दर्ता भएका नयाँ दलमध्ये प्रदेश कमिटीसम्म संरचना विस्तार गर्ने उज्यालो नेपाल पार्टी पहिलो दल बनेको छ। उज्यालो नेपाल पार्टीले मंसिर १७ गते १२ बजे प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा आयोजना गरिएको छ।

mulpatra mulpatra mulpatra

तीन मन्त्रालयको नेतृत्व सम्हालिरहेका ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ पनि भेलामा उपस्थित रहेर कार्यकर्तालाई सम्बोधन गरेका थिए।