Close

Recent Posts

हामी कुनै इच्छाले आएका होइनौँ, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ: गृहमन्त्री अर्याल

हामी कुनै इच्छाले आएका होइनौँ, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ: गृहमन्त्री अर्याल
  • १० मंसिर २०८२, मंगलवार १५:५५

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्।

mulpatra

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई समयमै निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए।

उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरेको गरेको बताए। उनले दण्डहीनता स्वीकार्य नहुने चेतावनी पनि दिए।

mulpatra mulpatra mulpatra

उनले भने, ‘सुशासनको आधार तयार बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ। हाम्रा छोराछोरीले हाम्रो कार्यशैलीमा यत्रो प्रश्न उठाउँदा पनि नसच्चिने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न। त्यसैले आफ्नो अभिव्यक्ति दिँदा सबैले त्यसतर्फ ध्यान दिनुपर्छ।’

उनले आफूहरू कुनै अपेक्षा र व्यक्तिगत इच्छाले नआएको भन्दै देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा आएको बताए।