Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मधेस सरकारले १८–३५ वर्षका युवालाई २ हजार बेरोजगार भत्ता, किसानलाई प्रतिकठ्ठा १५ सय राहत

मधेस सरकारले १८–३५ वर्षका युवालाई २ हजार बेरोजगार भत्ता, किसानलाई प्रतिकठ्ठा १५ सय राहत
  • ११ मंसिर २०८२, बुधबार १०:५९

काठमाडौं– मधेश प्रदेश सरकारले किसान र युवा लक्षित विभिन्न कार्यक्रमहरू ल्याउने तयारी भएको जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान पत्रकार सम्मेलन गरी किसान तथा युवामैत्री कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी दिए ।

mulpatra

उनका अनुसार प्रदेश सरकारले १८–३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना २ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने कार्यक्रम ल्याउने तयारी भएको हो ।

त्यसैगरी, सरकारले प्राकृतिक विपद्को कारण बालीनालीमा क्षति भएका किसानलाई प्रतिकठ्ठा १५ सयका दरले राहत वितरण गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ ।

mulpatra mulpatra mulpatra

सरकारले यससँगै जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन अतिथि सत्कार तथा व्यवस्थापन समिति ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री लखन दासको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए ।

यस्तै, मल आपूर्ति तथा वितरणमा देखिएको समस्या र कालोबजारी नियन्त्रणका लागि आठै जिल्लामा कडा अनुगमन गर्ने निर्णय पनि गरिएको छ ।

९० दिनभित्र मल नबिक्ने सहकारी तथा विक्रेताको कोटा खारेज गरी अन्यलाई दिने व्यवस्था गरिनेछ । यी कार्यक्रमहरू आफ्नो सरकारले निरन्तरता पाएको खण्डमा गर्ने मुख्यमन्त्री यादवले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

सरकारको विषयमा भोलि बिहीबार हुने अन्तरिम सुनुवाइ आफ्नो पक्षमा आउने उनले विश्वास गरे । अदालतको फैसला आफ्नो पक्षमा आएमा सहज रुपमा विश्वासको मत पाउने उनले दाबी छ । नेपाली कांग्रेस र जनमत पार्टीसहितसँग सरकारको विषयमा कुराकानी भइरहेको समेत उनले खुलाए ।

आफ्नो नेतृत्वमा सरकार संवैधानिक बाध्यतावश निर्माण भएको र यो सरकारलाई विश्वासको मत नदिए प्रदेश प्रदेशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने उनले चेतावनी दिए ।