Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

लुटिएका ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने गृहमन्त्रीको आशंका

लुटिएका ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने गृहमन्त्रीको आशंका
  • १२ मंसिर २०८२, बिहीबार १६:१५

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका बेला लुटिएका ठूला हतियार खोलामा बगाएको हुनसक्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा मन्त्री अर्यालले ‘अहिले कति हतियार बाहिर छन् तथ्याङ्क दिन नमिल्ने’ भन्दै ठूला हतियार चाहिँ खोलामा बगाएको पनि हुनसक्ने आशङ्का व्यक्त गरेका हुन् ।

mulpatra

राष्ट्रियसभाका सदस्यहरूसमक्ष मन्त्री अर्यालले चुनावी वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराखेको दाबी गर्दै हतियारसमेत नियन्त्रणमा आइरहेको जानकारी गराए । उनले धेरै हतियार फिर्ता आइसकेको भन्दै फिर्ता भएका कतिपय जलेर कामै नलाग्ने भएको समेत बताए । उनले ‘सुरक्षासम्बन्धी प्रोटोकलले कुन–कुन हतियार फेला प¥यो र कति हतियार अझै बाहिर छन् भन्न नमिल्ने’ बताए ।

मन्त्री अर्यालले बाहिर रहेका हतियारमध्ये टियर ग्यास फाल्न प्रयोग हुने ग्यास गन र टियर ग्यास धेरै भएको हुनसक्ने आँकलन गरे । उनले ४ हजार ८ सय ५७ कैदी बन्दी बाहिर रहेको आँकडा समितिसमक्ष जानकारी गराए । उनले ती कैदी बन्दीमध्ये धेरै लागू औषध प्रयोगमा थुनामा रहेका र कतिपय कैद भुक्तानी गरिरहेका भएको जानकारी दिए । साथै, बैङ्किङ कसुर, र केही गम्भीर प्रकृतिका मुद्दामा पनि सजाय भोगिरहेका भएको बताए ।

mulpatra mulpatra mulpatra

मन्त्री अर्यालले खोसिएका सुरक्षाकर्मीका हतियार र भागेका कैदी बन्दीकै कारण चुनावी वातावरण बिथोलिने कुनै गुञ्जायस नभएको तर्क गरेका छन् । ‘निष्पक्ष, धाँधलीरहित वातावरणमा चुनाव गराउन सरकार तत्पर छ,’ उनले भने, ‘हतियार र कैदी बन्दीकै कारणले चुनाव हुँदैन भन्ने टुङ्गोमा सरकार पुगेको छैन र यथार्थ पनि त्यो होइन ।’

पछिल्लो समय दिनमा दैनिक १५÷१६ जना फरार कैदीबन्दीबाट एकैदिन ३५ जनासम्म फर्काइरहेको हुँदा सरकारले हतियार र फरार कैदीबन्दी खोज्न ‘विशेष अप्रेसन’ नै चलाएको जानकारी दिए ।

जेन–जी आन्दोलनका बेला ४ सय ५० भन्दा बढी प्रहरी कार्यालय ध्वस्त भएकोमा स्थानीय नागरिकको पहलमा ती सबै कार्यालयमा प्रहरी बसेर सेवा दिने वातावरण बनाइएको बताए । ‘प्रहरीको मनोबल बढाउने सवालमा कुनै कसर बाँकी राखेको छैन । नागरिकको सेवामा प्रहरी हरदम तत्पर छ’, मन्त्री अर्यालले भने ।

Image Source: © https://mulpatra.com