Close

Recent Posts

दुई एनआरएन बीच सहमति, एकताको अधिवेशन ५ महिना भित्र गरिने

दुई एनआरएन बीच सहमति, एकताको अधिवेशन ५ महिना भित्र गरिने
  • १३ मंसिर २०८२, शुक्रबार १३:४७

काठमाडौं । सधै आन्तरिक विवादमा रहिरहेका विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलेपछि एक हुने भएका छन् ।

mulpatra


गैरआवासीय नेपालीहरूको संस्थागत नेतृत्वमा एउटा पक्षको नेतृत्व महेशकुमार श्रेष्ठ र अर्को पक्षको डा. बद्री केसीले गर्दै आइरहेका थिए । सरकार समेत लागेर गरेको पटक पटकको एकता प्रयास असफल भइरहेपछि यसपालि भने दुई संस्थाविच एकता हुने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एकताको लागि हस्ताक्षर हुने भएपछि ८० लाख बढी नेपालीहरुको एउटै संस्था हुने भएको छ ।

mulpatra mulpatra mulpatra

दश बुँदै सहमति गर्दै एकतामा पुगेका दुई समूहबिच आइतबार हस्ताक्षर हुने कार्यक्रम छ । एकता पछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति गरेका छन् ।

११ औं अधिवेशनमा बद्री केसी अध्यक्ष भएका थिए । १२ औं अधिवेशनमा भने श्रेष्ठको नेतृत्वमा जाने सहमति भएको छ ।