Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

फागुन २१ को निर्वाचनमा ७५ वटा मतदान स्थल थपिँदै

फागुन २१ को निर्वाचनमा ७५ वटा मतदान स्थल थपिँदै
  • १५ मंसिर २०८२, आईतवार १९:१६

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ७५ वटा मतदान स्थल थपिने भएका छन् ।

mulpatra

निर्वाचन आयोग उच्च स्रोतका अनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता हुँदा १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका थिए ।

अहिले करिब ८ लाख मतदाता थपिएसँगै ७५ वटा मतदान स्थल र थपिएका मतदान स्थलको करिब दोब्बरदेखि तेब्बर मतदान केन्द्र थप हुने अनुमान गरिएको छ ।

mulpatra mulpatra mulpatra

आयोगका अनुसार एउटा मतदान स्थलमा एउटादेखि ८ वटासम्म मतदान केन्द्र रहँदै आएका छन् । जसमा एउटा मतदान केन्द्रमा १०६४ जना मतदाताले एक दिनमा मतदान गर्ने गरी मतदान केन्द्र स्थापना गरिँदै आएको छ । आयोगका अनुसार मतदान स्थल ७५ वटा थपिने भए पनि मतदान केन्द्र भने कति हुने भन्ने आगामी २० गतेसम्म मात्रै निक्र्यौल हुने जनाइएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । यसमा निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक दिने मतदाताको संख्या ३ लाख ४४ हजार ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० गरेर ८ लाख भन्दा बढी मतदाता थपिएका हुन् ।

थपिएको मतदाता सबै कायम भएको अवस्थामा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय १४ पुग्नेछ । आयोगका अनुसार पछिल्लो पटक मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता थिए ।

Image Source: © https://mulpatra.com