Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित ६ जना विरुद्ध मुद्धाः साढे १३ करोड बिगो दाबी

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित ६ जना विरुद्ध मुद्धाः साढे १३ करोड बिगो दाबी
  • १९ मंसिर २०८२, बिहीबार ०६:१८

काठमाडौं । उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित ६ जना विरुद्ध मुद्धा दायर भएको छ । साढे १३ करोड बिगो दाबी सहित उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो । सोही आरोपमा प्राधिकरणका महानिर्देशक अधिकारी र प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी समेतलाई पक्राउ गरेको छ ।

mulpatra

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो । प्राविधिक रुपमा जोखिम हुँदा हुँदै हेलिपोर्ट निर्माण गरेको, निर्माणमा समेत भ्रष्टाचार भएको आरोप लागेको छ ।

प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारी समेतलाई प्रतिवादी बनाइएको छ ।

mulpatra mulpatra mulpatra

अधिकारी माथि नलिन्चोक बाहेक समेत भ्रष्टाचारमा मुछिएको आरोप छ । अख्तियारले पोखरा विमानस्थल निर्माण, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन निर्माण र गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमाथि समेत अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।