Close

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित ६ जना विरुद्ध मुद्धाः साढे १३ करोड बिगो दाबी

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित ६ जना विरुद्ध मुद्धाः साढे १३ करोड बिगो दाबी
  • १९ मंसिर २०८२, बिहीबार ०६:१८

काठमाडौं । उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित ६ जना विरुद्ध मुद्धा दायर भएको छ । साढे १३ करोड बिगो दाबी सहित उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो । सोही आरोपमा प्राधिकरणका महानिर्देशक अधिकारी र प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी समेतलाई पक्राउ गरेको छ ।

mulpatra

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो । प्राविधिक रुपमा जोखिम हुँदा हुँदै हेलिपोर्ट निर्माण गरेको, निर्माणमा समेत भ्रष्टाचार भएको आरोप लागेको छ ।

प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारी समेतलाई प्रतिवादी बनाइएको छ ।

अधिकारी माथि नलिन्चोक बाहेक समेत भ्रष्टाचारमा मुछिएको आरोप छ । अख्तियारले पोखरा विमानस्थल निर्माण, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन निर्माण र गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमाथि समेत अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।