हालसम्म उच्च सुनको भाउ, पुनः नयाँ रेकर्ड
काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनदेखि सुनको भाउले रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
सोमबार एकैदिन ३४ सय रूपैयाँ बढेको सुनको मूल्य आज फेरी ५ हजार ५०० रूपैयाँ बढेको हो ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल यसअघि हिजो हालसम्मकै उच्च मूल्यमा सुन प्रतितोला २ लाख ६१ हजार ७०० रूपैयाँ पुगेको थियो ।
![]() |
![]() |
![]() |
|---|



