Close

Recent Posts

५ महिनामा सुन र स्मार्टफोन ३५ अर्ब बढीको आयात, त्यसपछि डिजेल पेट्रोल

५ महिनामा सुन र स्मार्टफोन ३५ अर्ब बढीको आयात, त्यसपछि डिजेल पेट्रोल
  • ८ पुष २०८२, मंगलवार २१:३१

काठमाडौं– चालु आर्थिक वर्ष २०८२–०८३ को ५ महिनाको अवधिमा अर्थात मंसिर मसान्तसम्ममा सुन र स्मार्टफोन मात्र करिब ३५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

mulpatra

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ५ महिनामा ३४ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ बराबरको सुन र स्मार्टफोन आयात भएको छ ।

५ महिनामा बढी आयात हुनेको सूचीमा स्मार्टफोन छाँटौँ नम्बरमा छ । जसमा ५ महिनामा १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ १० लाख ७० हजार ६८० वटा स्मार्टफोन आयात भएको छ ।

mulpatra mulpatra mulpatra

पुस मसान्तसम्ममा सुन १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको ९०३ केजी सुन आयात भएको छ । बढी आयात हुने हिसाबले यो आठौँ नम्बरमा रहेको छ ।

विभागको तथ्यांक अनुसार सबैभन्दा बढी आयात हुनेमा कच्चा सोयाबीन तेल रहेको छ । जुन ५ महिनामा ४६ अर्ब ९७ करोड १ लाख ४८ हजार रुपैयाँ बराबरको ३० करोड ३७ लाख ६६ हजार ८७ लिटर आयात भएको छ ।

बढी आयात हुनेको दोस्रो र तेस्रो नम्बरमा डिजेल पेट्रोल रहेको छ । समीक्षा अवधिमा डिजेल ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँ बराबरको छ भने पेट्रोल २७ अर्ब ३३ करोड २ लाख १४ हजार रुपैयाँ बराबरको रहेको छ ।

Image Source: © https://mulpatra.com

बढी आयात हुने चौथो नम्बरमा भने एलपीजी ग्यास रहेको छ । जुन ५ महिनाको अवधिमा २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपैयाँ बराबरको २२ करोड ७३ लाख ४४ हजार ६७९ केजी आयात भएको छ ।

आयात हुने पाँचौँ नम्बरमा स्पन्ज फलाम (पछि डन्डी, भाँडा र मेसिनका सामान बनाउन प्रयोग गरिन्छ) रहेको छ । जुन ५ महिनाको अवधिमा २१ अर्ब ८४ करोड ६३ लाख ४७ हजार रुपैयाँ बराबरको ५१ करोड ९९ लाख ६३ हजार १६५ केजी आयात भएको छ ।

५ महिनामा सातौँ नम्बरमा डाइ–अमोनियम फस्फेट (डिएपी) मल आयात भएको छ । १९ अर्ब ७ करोड ३२ लाख ७७ हजार रुपैयाँ बराबरको १६ करोड ४४ लाख केजी डिएपी आयात भएको छ ।

बढी आयात हुने नवौँ नम्बरमा ग्रेड मल रहेको छ । यस्तो मल ५ महिनामा १२ अर्ब २९ करोड ७७ लाख ५३ हजार रुपैयाँ बराबरको १६ करोड ९७ लाख ९२ हजार ४५६ केजी आयात भएको विभागले जनाएको छ ।