५ महिनामा साढे ५ अर्बमाथि अलैँची निर्यात
काठमाडौं– नेपालबाट चालु आर्थिक वर्ष २०८१–८२ को ५ महिनामा अलैँची मात्र साढे ५ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ ।

पुस मसान्तसम्ममा १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको पुरै निर्यात गरेकोमा ठुलो अलैँची मात्र ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको गरेको छ । विभागका अनुसार २६ लाख २२ हजार १०० केजी अलैँची भारत मात्र निर्यात भएको छ । अलैँची नेपालबाट निर्यात हुने हिसाबले दोस्रो नम्बरमा हो ।
निर्यात हुने हिसाबले पहिलो नम्बरमा सोयाबीन तेल रहेको छ । जुन ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको २२ करोड ५२ लाख ८८ हजार ८४२ केजी कच्चा बाहेकको सोयाबीन तेल निर्यात भएको छ ।
![]() |
![]() |
![]() |
|---|
बढी निर्यात हुनेको तेस्रो ऊन वा सूक्ष्म जनावरको रौँबाट बनेका, गाँठो पारेर बुनेका कार्पेट तथा अन्य कपडाजन्य भुइँछाप्ने सामग्री निर्यात भएको छ । गाँठोदार ऊनी कार्पेट ५ महिनाको अवधिमा ४ अर्ब १३ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको २६ लाख २२ हजार १०० स्क्वायर मिटर निर्यात भएको छ ।
चौथो नम्बरमा परिष्कृत वनस्पति खाद्य तेल (सूर्यमुखी र कुसुमजन्य तेल) निर्यात भएको छ । यस्तो तेल मंसिर मसान्तसम्ममा ३ अर्ब ७३ करोड ६८ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख २२ हजार ४११ लिटर निर्यात भएको छ ।
बढी निर्यात हुने पाँचौँ नम्बरमा कच्चा जुट÷बास्ट रेसाबाट बुनेको कपडा रहेका छन् । यस्तो कपडा २ अर्ब ७३ करोड ३३ लाख ९५ हजार रुपैयाँ बराबरको ४ करोड ५१ लाख ६२ हजार ७५२ स्क्वायर मिटर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
Image Source: © https://mulpatra.com
बढी निर्यात हुनेको छैटौँ नम्बरमा फेल्ट सामाग्री रहेको छ । अन्य फेल्ट, चाहे त्यसमा तरल पदार्थ सोसाइएको (इम्प्रेग्नेट गरिएको), तह लगाइएको, छोपिएको वा तह–तहमा जोडिएको (लेमिनेट गरिएको) भए वा नभएको सामाग्री बढी निर्यात हुनेको छैटौँ नम्बरमा हरेको छ ।
यफेल्ट सामाग्री २ अर्ब ५८ करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको ८ लाख ५३ हजार ७८ केजी निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।



