Close

Recent Posts

बालेनलाई पहिला प्रधानमन्त्री बनाउन रवि तयार होलान् ?

बालेनलाई पहिला प्रधानमन्त्री बनाउन रवि तयार होलान् ?
  • १० पुष २०८२, बिहीबार १९:४२

काठमाडौं– काठमाडौं मेयर बालेन शाहलाई भेट्न रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटमा पहिला बालेनलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।

mulpatra

रवि र बालेनबीच बिहीबार अपराह्नसम्म चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ । यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । स्रोतका अनुसार उनले पार्टीका साथीहरुसँग सल्लाह गरेर नन्पेपर प्रिन्ट गरेर बालेन भेट्न गएका थिए, जसमा उम्मेदवारीको प्रतिशत लगायत विषय उल्लेख छन् ।

पार्टीको नाम रास्वपा नै हुनुपर्ने लामिछानेको शर्तमा बालेनले कुलमान घिसिङ लगायतसँग सल्लाह गरौं भनेका छन् । आजै साँझसम्म कुलमान, बालेन, रविबीच बैठक राख्ने तयारी छ । रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर आउने बताएका छन् ।

mulpatra mulpatra mulpatra

बेलुकीको बैठक अर्को ‘न्युट्रल भेन्यु’ मा राख्ने प्रस्ताव रविले गरेका छन् । बालेनले केही जवाफ दिएका छैनन् ।

यो परिस्थितिलाई राम्रोसँग अध्ययन गरेका बालेनले आफू प्रधानमन्त्री बन्ने सम्भावित परिस्थितिमा एकता सहज हुने रविसँग प्रस्ताव गरेका छन् । यसअघि कमलपोखरीमा दुई दिनअघि छलफल गरेका रवि–बालेनबीच पहिलो चरणमा बालेन समेत प्रधानमन्त्री बन्न सक्ने कुराकानी भएको थियो ।

तर बाहिर आएर रविले त्यसभन्दा भिन्न अर्थ लाग्ने गरी बोलेको भन्दै बालेन बिच्केका छन् । रास्वपासँग एकता संवादको अध्याय अघि नबढ्ने सम्भावना रहेको भन्दै बुधबार र बिहीबार बिहान उनले विभिन्न पक्षसँग परामर्श गरेका थिए ।बालेनले समर्थन गरेको भनिएको देशविकास पार्टी, रास्वपा, कुलमानको उज्यालो नेपाल लगायत शक्तिहरुलाई एक ठाउँ ल्याउने प्रयासलाई कसले नेतृत्व दिने भन्ने बहस ज्वागलमा जारी थियो । बालेनले हर्क साम्पाङ, गोपी हमाल लगायत सबै शक्ति जोड्ने भन्दै त्यो आफूले नै पूरा गर्ने स्पष्ट गरेका छन् । रास्वपाले पहल गर्दा यी सबै जोडिन नसक्नेमा बालेन स्पष्ट देखिन्छ ।

Image Source: © https://mulpatra.com