Close

Recent Posts

युक्रेनको २० प्रतिशत भुमि कब्जा गरेको पुटिनको दाबी, युक्रेनको अस्वीकार

युक्रेनको २० प्रतिशत भुमि कब्जा गरेको पुटिनको दाबी, युक्रेनको अस्वीकार
  • १० पुष २०८२, बिहीबार २०:५६

काठमाडौं– रूसले युक्रेनमाथि आफ्नो सैन्य दाबीहरूलाई थप आक्रामक रूपमा प्रस्तुत गरिरहेको छ । २०२५ मा घरेलु रूपमा सैन्य सफलता देखाउने र संयुक्त राज्य अमेरिकासँग हुने सम्भावित शान्ति वार्तामा प्रभाव पार्ने उद्देश्यले रूसले यस्तो रणनीति अपनाएको विश्लेषकहरूको भनाइ छ।

mulpatra

डिसेम्बर १८ मा रूसी सेनाप्रमुख भालेरी गेरासिमोभले यो वर्ष ६,३०० वर्ग किलोमिटर युक्रेनी भूमि कब्जा गरेको दाबी गरे पनि आइएसडब्लुको तथ्यांक अनुसार यो क्षेत्रफल ४,९८४ वर्ग किलोमिटरभन्दा बढी छैन।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत शुक्रबार वर्षअन्त्यको पत्रकार सम्मेलनमा पूर्वी डोनेट्स्क क्षेत्रको सिभेस्र्क र उत्तरी खार्किभ क्षेत्रको भोभचान्स्क आफ्नो सेनाले नियन्त्रणमा लिएको दाबी गरे। साथै उनले डोनेट्स्ककै लाइमान र कोस्त्यान्टिनिभ्काको कम्तीमा आधा भाग तथा दक्षिणी जापोरिज्जिया क्षेत्रको हुल्याइपोले पनि रूसी नियन्त्रणमा रहेको बताए ।

mulpatra mulpatra mulpatra

तर युक्रेन पक्षका विश्लेषकहरूले पुटिनका दाबीहरूलाई अस्वीकार गरेका छन्। वासिङ्टनस्थित थिंक ट्यांक ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ (आइएसडब्लु ) ले उपग्रह तस्बिर र खुला स्रोतका प्रमाणहरूले पुटिनका भनाइहरूलाई समर्थन नगर्ने जनाएको छ।

आइएसडब्लुका अनुसार हुल्याइपोलेको केवल ७.३ प्रतिशत र लाइमानको २.९ प्रतिशत क्षेत्रमा मात्र रूसी उपस्थितिको संकेत देखिएको छ। कोस्त्यान्टिनिभ्कामा पनि रूसी अग्रगमन ५ प्रतिशतभन्दा बढी नभएको अनुमान आइएसडब्लुले गरेको छ। रूसी सैन्य ब्लगरहरूले गरेका दाबीहरूले समेत पुटिनका अधिकांश भनाइहरूलाई समर्थन नगरेको आइएसडब्लुको निष्कर्ष छ।

क्रेमलिनले खार्किभको कुपियान्स्क र डोनेट्स्कको पोक्रोभ्स्क पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गरे पनि आइएसडब्लुले खार्किभको अधिकतम ७.२ प्रतिशत मात्र रूसको नियन्त्रणमा रहेको बताएको छ। युक्रेनका सेनाप्रमुखका अनुसार पोक्रोभ्स्क क्षेत्रमा युक्रेनी सेनाले १६ वर्ग किलोमिटर भूभाग पुनः कब्जा गरिसकेको छ।

Image Source: © https://mulpatra.com

अमेरिका–युक्रेन वार्ता र क्षेत्रीय विवाद

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग ‘पूर्ण सहकार्य’ रहेको बताए पनि भूभागको विषयमा सहमति नभएको स्वीकार गरेका छन्। फ्लोरिडामा तीन दिन चलेको शान्ति वार्ता सोमबार सकिएको थियो।

रूसले डोनेट्स्क, लुहान्स्क, जापोरिज्जिया, खेरसोन र क्राइमिया पूर्ण रूपमा युक्रेनले छोड्नुपर्ने माग राखेको छ। युक्रेनले यो माग अस्वीकार गर्दै युद्धविरामपछि मात्र भूभागको विषयमा छलफल हुनुपर्ने युरोपेली सुझावलाई समर्थन गरेको छ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भूभागसम्बन्धी साझा धारणा बनाउन शिखर वार्ताको आह्वान गरेका छन्। यसैबीच, अमेरिकाले युक्रेनलाई नाटोस्तरको सुरक्षा प्रत्याभूति दिन सहमति जनाएको छ। युरोपेली संघले पनि युक्रेनलाई छिट्टै पूर्ण सदस्य बनाउने संकेत दिएको छ।

ड्रोन र मिसाइल आक्रमण जारी

डिसेम्बर १८ देखि २४ सम्म रूसले युक्रेनमाथि १,२२७ ड्रोन र ४१ मिसाइल प्रहार गरेको थियो। युक्रेनले ८० प्रतिशत ड्रोन र ८३ प्रतिशत मिसाइल खसालेको दाबी गरेको छ। तर ती आक्रमणमा एक बालकसहित कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ।

युक्रेनको सुरक्षा सेवाका अनुसार डिसेम्बर २० मा क्राइमियाको बेलबेक हवाई अड्डामा दुई रूसी सु–२७ लडाकु विमान ध्वस्त पारिएको छ। साथै क्यास्पियन सागरमा रहेको लुकोइल कम्पनीको तेल प्लेटफर्ममा पनि आक्रमण गरिएको युक्रेनको दाबी छ।

युरोपेली सहयोग र पुनर्निर्माण योजना

राष्ट्रपति ट्रम्पले पदभार सम्हालेपछि युक्रेनलाई प्रत्यक्ष सैन्य सहायता नदिने घोषणा गरे पनि युरोपेली संघ, क्यानडा, अष्ट्रेलिया र जापानको खर्चमा हतियार बिक्री गर्न सहमति जनाएका छन्।

युरोपेली परिषद्ले युक्रेनलाई दुई वर्षमा ९० अर्ब युरो ऋण दिने निर्णय गरेको छ। जेलेन्स्कीका अनुसार यो ऋण रूसी सम्पत्तिबाट तिर्न सकिनेछ। तर युरोपेली बैंकहरूमा रोक्का गरिएको २१० अर्ब युरो बराबरको रूसी सम्पत्तिलाई सो ऋणसँग जोड्न केही देशहरूले अस्वीकार गरेका छन्।

अमेरिका–युक्रेनको २० बुँदे योजनामा युक्रेन पुनर्निर्माणका लागि ८०० अर्ब डलर परिचालन गर्ने प्रतिबद्धता गरिएको छ।