Close

Recent Posts

कुलमान घिसिङले भने– नयाँ शक्तिहरू एक हुन्छौँ

कुलमान घिसिङले भने– नयाँ शक्तिहरू एक हुन्छौँ
  • १० पुष २०८२, बिहीबार १७:०६

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङले प्रतिनिधि सभाको चुनाव नयाँशक्ति उदयको प्रस्थानविन्दु भएको बताएका छन् । बिहीबार (आज) बाट सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्धघाट्नको क्रममा मन्त्री घिसिङले वर्तमान सरकार चुनाव गर्नका लागि गठन भएको बताए ।

mulpatra

‘जेनजी आन्दोलनबाट जुन परिस्थिति र हिसाबले यो सरकार बनेको छ । सरकारले चुनाव गर्ने हो,’ घिसिङले भने, ‘फागुन २१ गतेको चुनावलाई चुनावको रुपमा मात्र हैन नयाँ शक्तिहरूको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ ।’

एकताबद्ध भएर नयाँ शक्ति एउटा समूह टिम अगाडि बढ्नुपर्ने आवश्यकताको घिसिङले जोड दिए । ‘नयाँ नेतृत्वहरू स्थापित गर्दै अगाडि बढ्नुपर्छ । उज्यालो नेपालले यस दिशातर्फ लिड रोल लिएर अगाडि बढ्छ भन्ने म विश्वास व्यक्त गर्दछु,’ घिसिङले भने ।

mulpatra mulpatra mulpatra