सुनको भाउ हाल, प्रतितोला २ लाख ६९ हजार ३ सय
काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ र त्यति नै चाँदीको मोल ४ हजार ५८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको मूल्य हालसम्मको उच्च हो ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा र चाँदी ४ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन २ लाख ६७ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



