Close

Recent Posts

सरकारमा नयाँ मन्त्री थपिएः बालानन्द शर्मा परराष्ट्रमन्त्री

सरकारमा नयाँ मन्त्री थपिएः बालानन्द शर्मा परराष्ट्रमन्त्री
  • ११ पुष २०८२, शुक्रबार १५:०२

काठमाडौं । सुसिला कार्की नेतृत्वको सरकारमा नयाँ मन्त्री थपिएका छन् । नवनियुक्त परराष्ट्रमन्त्रीका रुपमा बालानन्द शर्माले आज शपथ लिएका हुन्।

mulpatra

नेपाली सेनाका पूर्वरथी रहेका शर्मालाई आजै सरकारले मन्त्रीका रुपमा सिफारिस गरेको थियो । सिफारीस पछि राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए । नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

mulpatra mulpatra mulpatra