Close

Recent Posts

संसद् पुनस्र्थापना हुँदैन, चुनाव नभए देश थप दुर्घटना हुन्छ:प्रचण्ड

संसद् पुनस्र्थापना हुँदैन, चुनाव नभए देश थप दुर्घटना हुन्छ:प्रचण्ड
  • ११ पुष २०८२, शुक्रबार १७:०७

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनस्र्थापना नहुने दाबी गरेका छन् । पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस–एमालेले निर्वाचन नै नलडी आफू स्वतः ठुलो हुन पाइन्छ कि भनेर संसद् पुनःस्थापनाको कुरामा लागेको आरोप लगाए ।

mulpatra

उनले भने, ‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईँ सबै र यो जनतालाई नै भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनस्र्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो। निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन्।’

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको बन्ने दाबी गरे। उनले जेनजी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताकै कारणले देश थप दुर्घटनामा जानबाट बचाएको जिकिर गरे।

mulpatra mulpatra mulpatra

उनले थपे, ‘निर्वाचन नभए थप अन्योल हुन्छ। थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ। अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ।’