प्रधानमन्त्री र शिर्ष तीन दलका नेताबीच भेटघाट, निर्वाचनमा जान सबै तयार
काठमाडौँ । आज प्रधानमन्त्री शुसिला कार्की र शिर्ष तीन दलका नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटघाट भएको छ । भेटमा उपस्थित नेपाली कांग्रेसका समापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले तोकेको फागुन २१ को निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतालाई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्ने प्रयोजनका लागि छलफलका लागि बोलाएकी थिइन । छलफलमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणा स्वीकार गरी उपस्थित भएकामा नेताहरूलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनको वातावरण तयार गर्न र निर्वाचन सफल बनाउन आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको कुरा सुनेपछि प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बैठकपछि तीन जनै नेताले आफ्ना कुरा राखेको र सरकारले सुरक्षाको वातावरण मिलाए निर्वाचन सफल बनाउन सबै लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
