Close

Recent Posts

सुनको भाउले नयाँ रेकर्ड बान्यो, २ लाख ६९ हजार ३ सय

सुनको भाउले नयाँ रेकर्ड बान्यो, २ लाख ६९ हजार ३ सय
  • १३ पुष २०८२, आईतवार १२:०९

काठमाडौं– नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।

mulpatra

यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।