Close

Recent Posts

समानुपातिक सांसदको बन्द सूचि बुझाउने आज अन्तिम दिनः के छ व्यवस्था

समानुपातिक सांसदको बन्द सूचि बुझाउने आज अन्तिम दिनः के छ व्यवस्था
  • १४ पुष २०८२, सोमबार ०८:०६

काठमाडौं । आगामी फागुन २१ को प्रनिधिधिसभाको निर्वाचनका लागि आज दिनभरिमा समानुपातिक उम्मेदवारहरुको बन्दसूचि पेश गरिसक्नु पर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूचि पेश गर्ने व्यवस्था बमोजिम बढीमा ११० र घटीमा ११ जना उम्मेदवारको नाम सूचिकृत गर्नुपर्ने व्यवस्था प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका २०८२ ले गरेको छ ।

mulpatra

निर्देशिका २०८२ ले समानुपातिक उम्मेदवारहरुको बन्दसूचि पेश गर्दा ‘उम्मेदवारको बन्दसूचि पेश गर्दा दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि उममेदवार मनोनयन गर्दा उम्मेदवार हुन योग्यता पुगेको व्यक्तिको नाम समावेश गरि बन्दसुचि तयार गरि निर्वाचन कार्यक्रममा तोकिएको समायवधि भित्र निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

उम्मेदवारको बन्दसूचि पेश गर्दा समावेशी सिद्धान्त अनुसार गर्नुपर्ने भनेर किटान गरेको छ । जसमा दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ ।

mulpatra mulpatra mulpatra

जसअनुसार दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस आर्य ३०.२८ प्रतिशत, मधेसी १६.१५ प्रतिशत, थारु ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत हुने गरी उमेदवारको नाम बन्दसूचिमा पेश गर्नुपर्नेछ ।

बन्दसूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ । कूल ५० प्रतिशत सिट संख्या निर्धारण गर्दा नाम समावेश गर्नुपर्ने महिलाको संख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण संख्यामा नाम समावेश गर्नुपर्नेछ ।

बन्दसूची पेश गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले स्वीकृत गरी सो निर्णयको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने र प्रत्येक उमेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ व्यवस्था गरेको छ ।

Image Source: © https://mulpatra.com