सर्वपक्षिय राष्ट्रिय संवाद गर्दै नेपाल उद्योग बाणिज्य महासंघ

सर्वपक्षिय राष्ट्रिय संवाद गर्दै नेपाल उद्योग बाणिज्य महासंघ
  • १६ पुष २०८२, बुधबार १०:३७

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले आज ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षिय राष्ट्रिय संवाद कार्यक्रम आयोजना गर्ने भएको छ । होटल याक एण्ड यतिमा गर्न लागेको कार्यक्रममा प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख आतिथ्यता रहने महासंघले जनाएको छ ।

mulpatra

देशको अर्थतन्त्र उकास्ने उद्देश्यले प्रमुख राजनीतिक दल, निजी क्षेत्र र युवाहरु समेतको सहभागितामा उक्त कार्यक्रम गर्न लागेको उपाध्यक्ष हेमराज ढकालले जनाएका छन्

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको उपाध्यक्ष ढकालले बताएका छन् ।

हालैमात्र महासंघले राष्ट्रिय आर्थिक बहस श्रृखला २ आयोजना गरेको थियो । अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।