पुस २७–२८ मा विशेष महाधिवेशन गर्न कांग्रेसमा १८ उपसमिति गठन
काठमाडौं । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका महामन्त्रीद्वय सहितको समूहले यही पुस २७ र २८ गते विशेष महाधिवेशन घोषणा गरेका छन्।
उक्त महाधिवेशनका लागि विभिन्न १८ वटा उपसमिति समेत गठन गरिएको छ ।

आज नयाँ बानेश्वरमा पत्रकार सम्मेलनमा विज्ञप्ती जारी गर्दै विशेष महाधिवेशन को घोषणा गरेका हुन् ।
विज्ञप्तीमा पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह आग्रह समेत गरेका छन् ।
पुस २७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन हुने र महाधिवेशन सफल बनाउन विभिन्न उपसमिति बनाइएको जनाएका छन् ।
![]() |
![]() |
![]() |
|---|




