Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कांग्रेस विशेष महाधिवेशनमा १८ सयभन्दा बढी प्रतिनिधि

कांग्रेस विशेष महाधिवेशनमा १८ सयभन्दा बढी प्रतिनिधि
  • २७ पुष २०८२, आईतवार १५:४३

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसमा देशभर ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

mulpatra

जसमध्ये बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा दिउँसो ३ः४० बजेसम्म करिब १ हजार ८ सय ५० जनाले प्रतिनिधिले नाम दर्ता गरेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठवटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ ।

mulpatra mulpatra mulpatra

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौंका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशनको भृकुटीमण्डमा उद्घाटन भएको छ । संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।