अमेरिकालाई इरानमा आक्रमण गर्न यूएई र साउदीले आफनो भुमि र आकाश प्रयोग गर्न नदिने
काठमाडौँ — साउदी युएई ले ईरानमाथि आक्रमण गर्न अमेरिकालाई आफनो भुमि र आकाश प्रयोग गर्न नदिने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि हमला गर्ने धम्की दिइरहेका बेला उनीहरुले बताएका हुन् । अमेरिकाको सम्भावित सैन्य योजनामा यसले अवरोध सिर्जना गरेको छ ।
साउदी युएई ले ईरानमाथि आक्रमण गर्न अमेरिकालाई आफनो भुमि र आकाश प्रयोग गर्न नदिने भएपछि अमेरिकालाई समस्या हुने भएको छ ।
![]() |
![]() |
![]() |
|---|
यस निर्णयले साउदी अरेबियामा अमेरिकाका २३ सयभन्दा धेरै सैनिकहरु छन् । त्यस्तै, युएईस्थित अल दाफ्रा एयर वेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई मंगलबार फोन वार्ता गरेका थिए । त्यसक्रममा उनले आफ्नो भूमीमा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताए । युएई सरकारले पनि ईरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
राजकुमार सलमानले इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकताको सम्मान गर्ने बताए । ‘इस्लामिक गणतन्त्र इरानविरुद्ध कुनै पनि सैन्य कारबाही वा कुनै पनि पक्षबाट हुने आक्रमणका लागि आफ्नो हवाई क्षेत्र वा भूभाग प्रयोग गर्न दिनेछैन । चाहे तिनको गन्तव्य जस्तोसुकै होस्,’ सलमानले भने ।
Image Source: © https://mulpatra.com
उनले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता बढाउने गरी संवादमार्फत विवाद समाधान गरिनुपर्ने बताए । फोन वार्तामा पेजेश्कियनले सम्भावित अमेरिकी आक्रमणको त्रासबीच इरानलाई दिइएको समर्थनका लागि आभार प्रकट गरे ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



