Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रास्वपाको घोषणापत्रमा रोजगार र मध्यम वर्गीय परिवारमैत्री

रास्वपाको घोषणापत्रमा रोजगार र मध्यम वर्गीय परिवारमैत्री
  • १९ माघ २०८२, आईतवार १४:१०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्नो दलको वाचापत्र ल्याउने बताएका छन् ।

mulpatra

जेनजी आन्दोलनपछिको मुख्य माग नै रोजगार भएको भन्दै रास्वपा सबैभन्दा पहिले त्यसैमा केन्द्रित हुने उनले बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने बताए । रास्वपाको आफ्नो प्रस्तावाना अर्थतन्त्रका दृष्टिकोण राखिसकेको भन्दै उनले उदार अर्थतन्त्रमा विश्वास गर्दै तर त्यसमा सामाजिक न्यायको अवधारणा ल्याएको बताए ।

mulpatra mulpatra mulpatra

उनले पर्यटन क्षेत्र विकास गर्न कनेक्टीभिटी राम्रो बनाउनुपर्ने बताए । रास्वपाले टेक्नोलोजी र हाइड्रो पनि प्राथमिकता दिएर आर्थिक विकास गर्ने भन्दै उनले भने ‘हामीले सम्मानजनक मध्यम आय मुलुक भएकाले अबको १० वर्षको लक्ष्य राखेका छौ ।’

मध्यम परिवार लक्षित गरेर सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको उनले बताए । उनले सुशासनविना अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै नियामक निकायमा हस्तक्षेप र नियुक्तीमा पारदर्शी ढंगले काम गर्नुपर्ने बताए ।

नेता खनालले पूर्वाधार क्षेत्रमा ठूलो लगानी हुनुपर्छ तर त्यो फोकस गरेर लगानी गर्नुपर्ने भन्दै आगामी १० वर्ष भित्र ३० हजार मेगावट विजुली उत्पादन गर्ने लक्ष्य राखेको पनि उनले बताए । विदेशमा भएका नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि रास्वपाले विशेष कार्यक्रम ल्याउने बताए ।

Image Source: © https://mulpatra.com

बहुमत नआए घोषणापत्र कार्यान्वयन हुँदैन

सोही अवसरमा नेता खनालले राजनीतिक दलले ल्याएको घोषणापत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने बताए । ‘सरकारले चाहने खालको मात्रै कानुन बन्ने भएको हुँदा एउटै दलको बहुमत आए मात्रै घोषणापत्र कार्यान्वयन हुन सक्छ । ५–६ वटा दल मिलेर सरकार बनाउँदा र त्यसमा पनि सरकार अस्थिर हुँदा घोषणपत्र लागु हुन सक्दैन’ उनले भने ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com