रास्वपाको घोषणापत्रमा रोजगार र मध्यम वर्गीय परिवारमैत्री
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्नो दलको वाचापत्र ल्याउने बताएका छन् ।

जेनजी आन्दोलनपछिको मुख्य माग नै रोजगार भएको भन्दै रास्वपा सबैभन्दा पहिले त्यसैमा केन्द्रित हुने उनले बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने बताए । रास्वपाको आफ्नो प्रस्तावाना अर्थतन्त्रका दृष्टिकोण राखिसकेको भन्दै उनले उदार अर्थतन्त्रमा विश्वास गर्दै तर त्यसमा सामाजिक न्यायको अवधारणा ल्याएको बताए ।
![]() |
![]() |
![]() |
|---|
उनले पर्यटन क्षेत्र विकास गर्न कनेक्टीभिटी राम्रो बनाउनुपर्ने बताए । रास्वपाले टेक्नोलोजी र हाइड्रो पनि प्राथमिकता दिएर आर्थिक विकास गर्ने भन्दै उनले भने ‘हामीले सम्मानजनक मध्यम आय मुलुक भएकाले अबको १० वर्षको लक्ष्य राखेका छौ ।’
मध्यम परिवार लक्षित गरेर सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको उनले बताए । उनले सुशासनविना अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै नियामक निकायमा हस्तक्षेप र नियुक्तीमा पारदर्शी ढंगले काम गर्नुपर्ने बताए ।
नेता खनालले पूर्वाधार क्षेत्रमा ठूलो लगानी हुनुपर्छ तर त्यो फोकस गरेर लगानी गर्नुपर्ने भन्दै आगामी १० वर्ष भित्र ३० हजार मेगावट विजुली उत्पादन गर्ने लक्ष्य राखेको पनि उनले बताए । विदेशमा भएका नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि रास्वपाले विशेष कार्यक्रम ल्याउने बताए ।
Image Source: © https://mulpatra.com
बहुमत नआए घोषणापत्र कार्यान्वयन हुँदैन
सोही अवसरमा नेता खनालले राजनीतिक दलले ल्याएको घोषणापत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने बताए । ‘सरकारले चाहने खालको मात्रै कानुन बन्ने भएको हुँदा एउटै दलको बहुमत आए मात्रै घोषणापत्र कार्यान्वयन हुन सक्छ । ५–६ वटा दल मिलेर सरकार बनाउँदा र त्यसमा पनि सरकार अस्थिर हुँदा घोषणपत्र लागु हुन सक्दैन’ उनले भने ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



