Close

Recent Posts

रिभेरा इन्टरनेसनल एकाडेमीले मनायो विद्यालयको २७ औं अभिभावक दिवस

रिभेरा इन्टरनेसनल एकाडेमीले मनायो विद्यालयको २७ औं अभिभावक दिवस
  • ३ फाल्गुन २०८२, आईतवार ००:११

काठमाडौं । चाबहिल स्थिति रिभेरा इन्टरनेसनल एकाडेमीले विद्यालयको २७ औं अभिभावक दिवस नेपाली राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला)को प्रमुख आतिथ्यमा भव्य रुपमा सम्पन्न गरेको छ ।

mulpatra

अभिभावक दिवसमा नर्सरीदेखि कक्षा १० सम्मका छात्र–छात्राहरूले विविध जातिय लोक तथा आधुनिक नृत्य एवम् गायन, नाटक, योग र खेलसहितका प्रस्तुतिहरू देखाएका थिए ।

अभिभावक दिवसमा बोल्दै विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाले अभिभावक दिवस विद्यालय, विद्यार्थी र अभिभावकलाई समेत पर्वका रुपमा रहेको बताएका छन् । विद्यार्थीले विद्यालयका विभिन्न क्रियाकलापमा सिकेका कुराहरु अभिभावक सामू प्रस्तुत गर्ने दिन र बर्षभरि सिकेका प्रतिभालाई प्रस्फुटन गर्ने दिनका रुपमा रहेकोले अभिभावक दिवसको महत्व रहेको समेत बताएका छन् ।

mulpatra mulpatra mulpatra

प्रिन्सीपल कोइरालाले गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध विद्यालयले विभिन्न शिक्षण क्रियाकलाप गरिरहेको र शिक्षण सिकाई क्रियाकलापमा प्रयोग गरिरहेको सिसिआर मोडलले गुणस्तरीय शिक्षा प्राप्त गर्न विद्यार्थीलाई सहयोग गरिरहेको समेत बताएका छन् ।

शैक्षिक प्रदर्शनी, विभिन्न शैक्षिक गतिविधिहरुमा विद्यार्थीले प्राप्त गरेको नतिजा र अभिभावकहरुको सहयोगले विद्यालयलाई यहाँ सम्म ल्याइपुर्याएको बताउँदै कोइरालाले शिक्षालाई व्यवहारसँग जोड्ने, शिक्षालाई प्रविधिसँग जोड्ने र शिक्षालाई जीवनसँग जोड्ने स्टीम एजुकेशन लागु गरेको विद्यालयले विद्यार्थीहरुलाई २१ औं शताब्दीको प्राविधिक युगमा प्रविधिसँग नजिक बनाउने काम गरेको समेत बताए ।

विद्यालयले विभिन्न एआई मोडलहरु, रोबोटिक्स, पाइथन लगायतका प्रोग्राम समेत सिकाइरहेको कारण विभिन्न विद्यालयमा हुने प्रतिस्पर्धामा समेत रिभेरा उत्कृष्ट मध्ये परिरहेको र पुरस्कृत भइरहेको जानकारी दिएका छन् ।

Image Source: © https://mulpatra.com

अतिरिक्त क्रियाकलापको महत्वबारे बोल्दै कोइरालाले नेपालका बर्ष उत्कृष्ट प्रशिक्षक छनौट भएका नेपालको पारा तेक्वान्डो प्रशिक्षक कविराज नेगी जस्ता प्रशिक्षक विद्यालयका प्रशिक्षकका रुपमा रहनुले विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा लगाव रहने समेत बताएका छन् । विद्यालयमा बास्केटबलका अन्र्तराष्ट्रिय फिफा कमिस्नार बास्केटबल प्रशिक्षक दुर्गा बहादुर थापा, नेपाली राष्ट्रिय भलिबल टिमका कोच रुपेश विष्ट भलिवल कोच, कलाकार तथा नाट्य विधाका चर्चित प्रभाकर न्यौपाने नाटक प्रशिक्षक, विनोद रन्जित नृत्य प्रशिक्षक, इमेज अवार्ड विजेता तथा भ्वाइस अफ नेपालका सल्लाहकार सुभाष जोशी संगीत प्रशिक्षक, आर्ट एक्जिविसनको गोल्ड मेडलिष्ट प्रकाश मिजार आर्ट प्रशिक्षक लगायतका १४ जना उत्कृष्ट अतिरिक्त क्रियाकलापका प्रशिक्षक रहेको समेत बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रगानका सर्जक प्रदीप कुमार राईले अभिभावक दिवसमा प्रस्तुत भएको मन्जुश्री नाच लगायतका अन्य विभिन्न प्रस्तुतीले विद्यालय सफल रहेको बताउँदै अभिभावक दिवस विद्यार्थीबाट सिक्ने दिन समेत रहेको बताएका छन । विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदान र गुणस्तर र समयसापेक्ष शिक्षा दिन सफल रहेको महसुस गरेका बताएका छन् ।
प्रमुख अतिथि राईले शिक्षाका लागि विद्यालय पछि अभिभावकको महत्वपूर्ण भुमिका रहन्छ भन्दै विद्यालय सफलताको लागि अभिभावकको योगदानको समेत कदर गरेका छन् ।

कार्यक्रममको अध्यक्षता विद्यालय सन्चालक समितिका अध्यक्ष नरेन्द्र भट्टराईले गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, अतिथि राजेन्द्र थपलिया, ताराप्रसाद सुवेदी, प्रेमसिंह श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको लेख रचना सहितको रिभेरा स्मारिकाको समेत विमोचन गरिएको छ भने नेपाल पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक, नेपालका बर्ष उत्कृष्ट प्रशिक्षक रहेका र विद्यालयका खेलकुद प्रशिक्षक समेत रहेका कविराज नेगीलाई सम्मान गरिएको छ । त्यसैगरि बर्षभरि विद्यालयका विभिन्न क्रियाकलापमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई समेत पुस्कार वितरण गरिएको छ ।

कार्यक्रममा विद्यालयमा लामो समय सम्म सेवा गरिरहेकाहरुलाई विशेष सम्मान गरिएको थियो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com