सरकारविरुद्ध एक्लै बोल्न हिम्मत राखेका प्रसाईसँग आयोग र सरकारलाई धाप मार्ने शक्ति डराएकै हुन त ?प्रसाईंलाई राती समात्न कसले लेख्यो चिट्ठी ? भिडियो पनि
काठमाडौं– सरकारले नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई हिजो बेलुकी फेरि पक्राउ गरेको छ । प्रहरीले राति साढे ९ बजेको उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको आरोपमा पक्रन आदेश दिएपछि प्रहरी हिजो बेलुकी उनको निवासमा पुगेको थियोे । तर अहिलेको अवस्थामा सरकारको गतिविधिमा माथि प्रश्न उठाउने व्यक्ति प्रसाई मात्र हुन् ।
सिंहदरबार किन जलाइयो,सर्वोच्च अदालत किन जलाइयो र संसद भवन किन जलाइयो ? भन्ने व्यक्ति अहिले नेपालमा दुर्गा प्रसाईं एक्लै हुन् । अरु सबै दुलाभित्र पसिसकेकाले उनको गतिविधि बढेमा चुनाव रोकिने आकलन सरकार र सरकारलाई धाप मार्ने शक्तिले गरेपछि उनलाई सरकारले वाहाना बनाएर पक्रिएको सर्वसाधारणको आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
भिडियो पनि
निर्वाचन आयोगले सोही आरोपमा उनलाई पक्रन आदेश दिएको हिजो दोस्रो पटक हो । प्रसाईंलाई निर्वाचन आचारसंहिताविपरित अफवाह फैलाएको कसूर लगाइएको बुझिएको छ ।
आचारसंहिताविपरित कार्य गरेको अभियोग लागेका अन्य कतिपयलाई आयोगले कारबाहीमा खुट्टा कमाएको आवाजपनि उठ्न थालेको छ । निर्वाचनको मुखमा आफ्ना माग पूरा नभए पर्सि ७ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने बताएपछि उनलाई पक्रन परेको आयोग स्रोतको दावी छ ।
Image Source: © https://mulpatra.com
भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।
काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा उनी पक्राउ परेका हुन् । उनका गतिविधि तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर गरेको भनी निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्र लेखेको भट्टराईले बताए ।
उनलाई एकछिन पनि बाहिर राख्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने आयोगको ठहर बमोजिम राति नै पक्राउ गरिएको उनको भनाइ छ ।

Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



