Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

इरानविरुद्धको युद्धमा सहयोग नगरेपछि नेटोविरुद्ध ट्रम्पको आक्रोशः ‘कायर, कागजी बाघ’

इरानविरुद्धको युद्धमा सहयोग नगरेपछि नेटोविरुद्ध ट्रम्पको आक्रोशः ‘कायर, कागजी बाघ’
  • ७ चैत्र २०८२, शनिबार ०८:५१

काठमाडौं– इरानविरुद्ध जारी युद्धका बिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोका सहयोगी देशहरूलाई ‘कायर’को संज्ञा दिएका छन् ।

mulpatra

शुक्रबार सामाजिक ट्रुथ सोसलमा पोस्ट गर्दै उनले नेटोका सहयोगी देशहरू इरानविरुद्ध हमला गर्न डराएको टिप्पणी गरेका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘अमेरिकाबिना नेटो कागजी बाघ हो! उनीहरू आणविक हतियारधारी इरानलाई रोक्न लडाइँमा सामेल हुन चाहँदैनथे ।’

mulpatra mulpatra mulpatra

उनले अगाडि लेखेका छन्, ‘जब त्यो लडाइँ सैन्य रूपमा जितियो र उनीहरूलाई खतरा कम भयो तब उनीहरू तेलमा तिर्नुपरिरहेको उच्च मूल्यबारे गुनासो गरिरहेका छन्। तर उनीहरू होर्मुज स्ट्रेट खोल्न मद्दत गर्न चाहँदैनन्, जुन एक साधारण सैन्य कार्य हो ।’

ट्रम्पले तेलको मूल्य उच्च हुनुको कारण यही भएको बताएका छन् । ट्रम्पले लेखेका छन्, ‘यो गर्न उनीहरूका लागि कति सजिलो छ र जोखिम कति कम छ। कायर! हामी यो याद गर्नेछौँ ।’

गत आइतबार ट्रम्पले युरोपेली देशहरूलाई धम्की दिँदै होर्मुज स्ट्रेट खोल्न मद्दत गरेनन् भने नेटोको भविष्यका लागि ‘धेरै नराम्रो’ हुने बताएका थिए । तर पनि यो कुरामा कुनै पनि युरोपेली देश सहमत भएनन् ।

Image Source: © https://mulpatra.com

मार्च १४ मा ट्रम्पले ट्रुथ सोसयलमा लेखेका थिए, ‘आशा छ– चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशले युद्धपोत पठाउनेछन् ताकि पूर्ण रूपमा ध्वस्त भएको देशबाट स्ट्रेट अफ होर्मुजलाई खतरा नहोस् ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com