Close

Recent Posts

इरान–इजरायल युद्धबीच प्रति ब्यारेल ११५ डलर कच्चा तेलको मूल्य, नेपालमा बढ्ने संकेत

इरान–इजरायल युद्धबीच प्रति ब्यारेल ११५ डलर कच्चा तेलको मूल्य, नेपालमा बढ्ने संकेत
  • १८ चैत्र २०८२, बुधबार ११:४१

काठमाडौं– अमेरिका–इजरायल र इरानबीचको युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको छ ।

mulpatra

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ ।

एक ब्यारेलमा १५९ लिटर कच्चा तेल हुने हुँदा ११५ डलरको दरले हिसाब गर्दा अहिले अन्तर्राष्ट्रिय बजारमा १ लिटर कच्चा तेलको मूल्य करिब ०.७२ अमेरिकी डलर (नेपाली रुपैयाँमा झन्डै ९६ रुपैयाँ) पर्न जान्छ । यो केवल कच्चा तेलको मूल्य हो, जसमा प्रशोधन र ढुवानी खर्च जोडिन बाँकी नै रहन्छ ।

mulpatra mulpatra mulpatra

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको यो उच्च वृद्धिको सीधा मार नेपाली उपभोक्तामाथि थपिने देखिएको छ। नेपाल आयल निगमले गत चैत १ गते मात्रै पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको थियो ।

त्यसको केही दिनमै अर्थात् चैत १२ गतेदेखि लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एकमुष्ट १५ रुपैयाँले वृद्धि गरियो ।

यसरी हेर्दा चैत महिनाको छोटो अवधिमै नेपालमा पेट्रोलको भाउ प्रति लिटर ३० रुपैयाँ र डिजेल तथा मट्टितेल २५ रुपैयाँले बढिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ११५ डलर नाघेसँगै भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्यसूची अझ बढेर आउने निश्चित छ ।

Image Source: © https://mulpatra.com

अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि ३.५ प्रतिशतले बढेर प्रति ब्यारेल १०३ डलर पुगेको छ। यो वृद्धिसँगै कच्चा तेल इतिहासकै सबैभन्दा उच्च मासिक वृद्धितर्फ अघि बढेको छ ।

गत सप्ताहान्तमा इरान समर्थित यमनी हुथी विद्रोहीहरू इजरायल विरुद्धको युद्धमा प्रत्यक्ष सहभागी भएपछि तनाव थप चुलिएको हो। इरानले अब अमेरिकी र इजरायली अधिकारीका निजी निवासहरूलाई समेत निशाना बनाउने चेतावनी दिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा इरानको प्रमुख इन्धन केन्द्र ‘खर्ग टापु’ कब्जा गर्न सकिने संकेत दिएका छन्। उनले इरानको रक्षा प्रणाली कमजोर रहेको दाबी गर्दै भेनेजुएलाको तेल उद्योग नियन्त्रणमा लिए जस्तै इरानमा पनि कदम चाल्न सकिने बताएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com