Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

कायममुकायम प्रधानन्यायाधीशका रुपमा सपना मल्ल

कायममुकायम प्रधानन्यायाधीशका रुपमा सपना मल्ल
  • १८ चैत्र २०८२, बुधबार ०७:५१

काठमाडौं । उमेरहदका कारण प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। प्रधानन्यायधीश अनिवार्य अवकासमा गएसँगै कायममुकायम प्रधानन्यायाधीशका रुपमा सपना मल्ल प्रधानले काम गर्नेछिन् ।

mulpatra

प्रकाशमान सिंह २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश भएकाले सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउने भएकी हुन् । अवकास लिने बेलासम्म पनि नयाँ प्रधानन्यायाधीश नियुक्ति नभएकाले मल्लले जिम्मेवारी पाउने छिन्् ।

संविधानको धारा १३१ (ख) अनुसार प्रधानन्यायाधीश र न्यायाधीश ६५ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाशमा जाने व्यवस्था छ।

mulpatra mulpatra mulpatra

संवैधानिक परिषदको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने र त्यसरी आएको नाममा संसदीय सुनुवाई गर्नुपर्दछ । संसदीय सुनुवाई अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।