गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं–गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।
उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।
![]() |
![]() |
![]() |
|---|
१० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत थियो । तर ऋण र लगानी गरेर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ प्रवाह गरेको देखिएको छ ।
बाँकी रकमको विवरण भने केही पनि भेटिएको छैन । उक्त रकम हिनामिना गरेका आरोप छ ।
प्रवाह भएको ऋण समेत कमसल धितो, बिना धितो दिइएको खुलेको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको एसपी भट्टले बताए ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



