नेपाल लोकतान्त्रिक बैरो एसोसिएसन अध्यक्षको केसीले पदभार ग्रहण गरे
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरेलाई विधानअनुसार अयोग्य ठहर गर्दै किशोर केसीलाई अध्यक्षको जिम्मेवारी तोकेको थियो । सोही अनुसार अध्यक्षको पद केसी सम्हालेका छन् । आज उनले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको विधानअनुसार अध्यक्ष ग्रहण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय कार्यान्वयनका लागि एसोसिएसनका नाममा सोमबार पत्र पठाउँदै एसोसिएसनको असार ५ गते सम्पन्न १३औं साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित गैरेको संस्थाको विधानको दफा ७ र ८ बमोजिमको योग्यता नपुगेको देखिएको भन्दै उनलाई अध्यक्ष पदबाट हटाई असार ५ गतेको निर्वाचनमा अध्यक्ष पदका निकटतम उम्मेदवार किशोरकुमार केसीलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय असार २२ गते भएको जनाएको छ ।
व्यवसायी सुरक्षाका लागि आवाज र नयाँ ढंगले खबरदारी गर्ने केसीले मूलपत्रसँग बताए ।
![]() |
![]() |
![]() |
|---|
असार ५ गते सम्पन्न १३औं साधारण सभापछिको निर्वाचनमा अध्यक्षका दुई उम्मेदवारमध्ये गैरेले १८६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी केसीले ९५ मत पाएका थिए । करिब १५ वर्षअघि वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिन डिमान्ड सच्याएको अभियोगमा सर्वोच्च अदालतले गैरेलाई दोषी ठहर गर्दै ६ महिना कैद सजाय र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
गैरेले कानुनअनुसार प्राप्त सुविधाको उपयोग गरी कैद र जरिवानाबापत नगद बुझाएर कैदको लगत कट्टा गरिसकेका छन् । तर सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको व्यक्तिले एसोसिएसनको अध्यक्षजस्तो गरिमामय पदबाट राजीनामा गर्नुपर्ने विषयमा करिब दुई सातादेखि टिकाटिप्पणी भइरहेको थियो ।



