काठमाडौंलगायत देशभर केरा अभाव
काठमाडौं–केराको अचाक्ली मूल्यवृद्धि र बिचौलियाको चलखेलबारे चर्चा भएपछि काठमाडौँको कुलेश्वरमा केरा बिक्री बन्दजस्तै भएको छ ।

व्यापारीहरुले केरा आयात नभएकाले बिक्री बन्द गरेका छन् । केरा बिक्री हुने सटरहरु पनि बन्द भएका छन् । कतै सटर बन्द गरिएका छन् भने कतै केराको मूल्य तोकिएको छैन र उपभोक्ताले चाहेअनुसार केरा उपलब्ध हुनसकेको छैन ।
नेपालमा वार्षिक करिब ४ लाख ४० हजार मेट्रिक टन केरा खपत हुन्छ । नेपालमै उत्पादन भएको केराको बजारिकरणपछि थप १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ।
![]() |
![]() |
![]() |
|---|
तर काठमाडौँका बजारमा ५० प्रतिशत केरा भारतबाटै आयात भइरहँदा नेपाली उत्पादनले बजार नपाउने र बिचौलियाका कारण केराको मूल्य उच्च भएपछि विरोध भएको हो ।
अवैध आयात नियन्त्रण गर्न प्रशासनले कडाइ थालेपछि केराको बजार बन्दजस्तै भएको छ ।



