बैंकहरुको ४९ अर्ब २१ करोड नाफा कमाए
काठमाडौं– वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् ।
जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए ।
![]() |
![]() |
![]() |
|---|
यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले चैत्रसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशत बढी हो । त्यसबेला बैंकले २८ करोड ५८ लाख मात्रै नाफा कमाएको थियो ।
Image Source: © https://mulpatra.com
नाफामा सबैभन्दा बढी गिरावट प्रभु बैंकको देखिएको छ । यस बैंकको नाफा ५४ प्रतिशतले घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० प्रतिशतले घटेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



