सरकार निरङ्कुशताको बाटोमा हिडेको प्रचण्डको आरोप
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा(का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निरङ्कुशताको बाटोमा हिडेको आरोप लगाएका छन् ।

रुकुममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बालेन सरकार अध्यादेशको बाटोमा लागेको मात्र नभई ट्रेड युनियनदेखि विद्यार्थी सङ्गठन खारेजी गर्न लागेकोले निरङ्कुशताको झल्को दिएको बताएका छन् ।
‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ,’ उनले भने, ‘यो संसदीय परम्पराको समेत विरुद्धमा छ, त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ । यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधान विपरीत हो ।’
![]() |
![]() |
![]() |
|---|
तत्कालीन माओवादी सरकारकै पालामा सुकुमबासीको वैकल्पिक व्यवस्थापनका लागि अपार्टमेन्ट बनाइएको भएपनि बैकल्पिक व्यवस्था नगरी सुकुम्बासी माथि बल प्रयोग गर्नु गलत भएको उनले बताएका छन् ।
‘यो तरिका ठिक छैन, यदि सुकुमबासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक स्थिति बुझेर छानबिन गर्नुपर्छ,’ उनले अगाडि भने, ‘तर, सरकारले हतास शैलीमा बल प्रयोग गर्यो ।’
उनले सुकुम्बासीको व्यवस्थापनमा तत्काल ध्यान दिन भनेका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



