Close

Recent Posts

भारतसँग चिया निर्यात समस्या समाधानमा सरकारभन्दा व्यवसायीकै जोड

भारतसँग चिया निर्यात समस्या समाधानमा सरकारभन्दा व्यवसायीकै जोड
  • १ जेष्ठ २०८३, शुक्रबार २०:५७

काठमाडौं– नेपाली चियाको बजार भारत भए पनि गुणस्तरको बहाना बनाएर नेपाली चिया निर्यातमा पटक पटक अवरोध सिर्जना भएको छ ।

mulpatra

व्यापारीहरु आफैंले सहजीकरण गरेर दुई देशीय मामिला मिलाउने गरेका छन् । मे १ देखि नेपाली चियाको निर्यात ठप्प छ । यो समस्या समाधान गर्न चिया उत्पादकसँग लागेको छ ।

सङ्घीय सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसक्दा उत्पादन सङ्घ आफैंले भारतीय सरकारसँग डिल गरिरहेको छ ।

mulpatra mulpatra mulpatra

नेपाली भन्सार पार भएर पानी ट्याङ्की पुगेका ट्रकहरू महिनौँ रोकिँदा पनि तीन तहको सरकारले निर्यातका लागि सहजीकरण गर्न सकेका छैनन् ।

यसले गर्दा मे १ बाट नेपालबाट चिया निर्यात हुन सकेको छैन । भारत निर्यात हुन नसक्दा मे १ यता नेपाली व्यापारीहरु समस्यामा परेका छन् ।

नेपालबाट भन्सार तिरेर पानी ट्याङ्की पुगेपछि नमुना परीक्षणका लागि चियाको कोलकत्ता लग्ने गरिएको छ । कोलकत्तामा रहेको निजी ल्याबबाट गुणस्तर परीक्षणको रिर्पोट आएपछि मात्रै चिया निर्यात हुँदै आएको थियो ।

Image Source: © https://mulpatra.com

नेपालमा चियाको गुणस्तर मापन गर्ने ल्याब छैन । नेपालमा ल्याब नभएका कारण नेपालबाट निर्यात गरिने चियाको गुणस्तर परीक्षणका लागि व्यापारीहरु भारतको कोलकत्ता पुग्ने गरेका छन् ।

तर भारतीय टी बोर्डले मे १ बाट नयाँ नियम लागू ग¥यो । नयाँ नियम अनुसार अब नेपाली चियाको परीक्षण अनिवार्य रूपमा केन्द्रीय खाद्य प्रयोगशाला परीक्षण गराउनुपर्ने र प्रत्येक ट्रकको नमुना परीक्षण गर्नु पर्ने छ ।

केन्द्रीय खाद्य प्रयोगशालाले नेपाली चियाको परीक्षणमा ढिलाइ गरिदिने र गुणस्तरको प्रमाण पत्र समेत नदिने भन्दै अहिले व्यपारीहरु समस्यामा छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यस आर्थिक वर्षको चैत्र मसान्त सम्ममा १३ करोड केजी सिटी सी चिया निर्यात भएको छ । यस्तै ७१ हजार ७१४ केजी अर्थोडक्स चिया निर्यात भएको छ ।

दार्जिलिङ टी एसोसिएसनले २०१७ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाली चियाको आयात नियन्त्रण गर्न ज्ञापन बुझाएको थियो।

त्यसको २ वर्षपछि सन् २०१९ मा पश्चिम बङ्गालबाट राज्यसभामा प्रतिनिधित्व गर्ने तत्कालीन सांसद शान्ता क्षेत्रीले नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाउँदै आयात रोक्नुपर्ने माग गरेकी थिइन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com