Close

Recent Posts

ट्रम्पका लागि इरान आक्रमण दुरदर्सा बन्यो, इरानले छिटै शक्ति कसरी बटुल्यो

ट्रम्पका लागि इरान आक्रमण दुरदर्सा बन्यो, इरानले छिटै शक्ति कसरी बटुल्यो
  • ८ जेष्ठ २०८३, शुक्रबार २०:५७

काठमाडौं– अमेरिकी गुप्तचर निकायहरूले इरान सैन्यरुपमा झनै शक्तिशाली बनिरहेको सूचना खोतलेका छन् ।

mulpatra

इरानले हालैका सैन्य आक्रमण र क्षतिपछि आफ्नो सैन्य औद्योगिक संरचना अपेक्षाभन्दा धेरै छिटो पुनर्निर्माण गरिरहेको निष्कर्ष उनीहरूले निकालेका छन् ।

सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार तेहरानले पुनः ड्रोन उत्पादन सुरु गरिसकेको छ र आफ्नो रक्षा क्षमतालाई तीव्र गतिमा पुनर्संरचना गरिरहेको देखिएको छ ।

mulpatra mulpatra mulpatra

रिपोर्टअनुसार, अमेरिकी विश्लेषकहरूले इरानको सैन्य क्षमतामाथि हालै परेका प्रहारहरूले केही समयका लागि असर पारे पनि त्यसले इरानी रक्षा उत्पादन प्रणालीलाई दीर्घकालीन रूपमा कमजोर बनाउन नसकेको आँकलन गरेका छन् ।

ड्रोन उत्पादन पुनः सक्रिय

अमेरिकी गुप्तचर स्रोतहरूका अनुसार, इरानले निगरानी तथा आक्रमण क्षमतायुक्त विभिन्न प्रकारका ड्रोन उत्पादन फेरि सुरु गरिसकेको छ ।

Image Source: © https://mulpatra.com

इरानले आफ्नो सैन्य उत्पादन प्रणालीलाई पूर्ण रूपमा केन्द्रीकृत नगरी विभिन्न स्थानमा फैलाएर सञ्चालन गर्ने रणनीति अपनाएकाले उसलाई पूर्ण रूपमा निष्क्रिय पार्न कठिन भएको अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

विशेषगरी शाहेद श्रृंखलाका ड्रोनहरू पुनः उत्पादनमा फर्किनु वासिङ्टनका लागि चिन्ताको विषय बनेको बताइएको छ ।

अमेरिकी आक्रमणपछि पुनर्संरचना

अमेरिकी गुप्तचर रिपोर्टमा हालै अमेरिकी तथा इजरायली आक्रमणका कारण इरानका केही सैन्य र औद्योगिक संरचनामा क्षति पुगेको उल्लेख छ ।

तर, अमेरिकी गुप्तचर समुदायले इरानले वैकल्पिक आपूर्ति सञ्जाल, भूमिगत संरचना र छरिएका उत्पादन केन्द्रमार्फत क्षति न्यूनीकरण गर्दै पुनः उत्पादन क्षमता हासिल गरिरहेको जनाएको छ ।

एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ–इरानले अनुमानभन्दा छिटो आफ्नो रक्षा उत्पादन प्रणाली पुनः सक्रिय बनाएको देखिन्छ ।

चीन र रुससँगको सम्बन्धमाथि चासो

अमेरिकी अधिकारीहरूले इरानको सैन्य पुनर्निर्माणमा बाह्य प्राविधिक सहयोगको सम्भावनाबारे पनि निगरानी गरिरहेको बताइएको छ ।

विशेषगरी रुससँगको सैन्य सहकार्य र चीनसँगको प्राविधिक सम्बन्धले इरानलाई दीर्घकालीन रूपमा सैन्य उत्पादन पुनस्र्थापित गर्न सहयोग पु¥याउन सक्ने आशंका अमेरिकी पक्षको छ ।

विश्लेषकहरूका अनुसार, इरानले ड्रोन र मिसाइल उत्पादनलाई पुनः तीव्र बनाए मध्यपूर्वमा शक्ति सन्तुलन र सुरक्षा अवस्थामाथि नयाँ दबाब पर्न सक्छ ।

यमन, लेबनान, सिरिया र इराकमा इरान समर्थित समूहहरूलाई भविष्यमा थप सैन्य सामग्री उपलब्ध गराउने सम्भावनाबारे पनि चिन्ता व्यक्त गरिएको छ ।

ट्रम्प प्रशासनमाथि दबाब

सीएनएनका अनुसार, इरानको तीव्र पुनर्निर्माणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि नयाँ रणनीतिक दबाब सिर्जना गरेको छ ।

वासिङ्टनभित्र इरानमाथि थप दबाब, नयाँ प्रतिबन्ध वा पुनः सैन्य विकल्पबारे बहस चर्किरहेको जनाइएको छ ।

तर केही अमेरिकी अधिकारीहरूले केवल सैन्य प्रहारले इरानको दीर्घकालीन सैन्य क्षमता समाप्त गर्न नसक्ने चेतावनी दिँदै कूटनीतिक विकल्पलाई पनि समान रूपमा विचार गर्नुपर्ने बताएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com