Close

Recent Posts

लागत खर्चको नीगित समस्यामा टेकेर कामदारले म्यानपावरलाई ब्लाकमेलिङ, सँगै व्यवसायीलाई सरकार

नीतिगत अस्तव्यस्त परेका गाम्का, मलेसिया र कतार भिसा सेन्टरमाथि कारवाही खोई ?

लागत खर्चको नीगित समस्यामा टेकेर कामदारले म्यानपावरलाई ब्लाकमेलिङ, सँगै व्यवसायीलाई सरकारनीतिगत अस्तव्यस्त परेका गाम्का, मलेसिया र कतार भिसा सेन्टरमाथि कारवाही खोई ?
  • ८ जेष्ठ २०८३, शुक्रबार १६:३८

काठमाडौं– पछिल्लो समयमा सरकारले निकालेका विभिन्न सूचनाका कारण वैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावर व्यवसायीलाई लागत खर्चका नाममा ब्लाकमेलिङ गर्न थालेका छन् ।

mulpatra

विषेश त खाडीका देश मलेसिया जाने कामदारले फ्रि भिसा र फ्रि टिकटमा बढी पैसा लिएको उजुरी गर्ने अथवा यस विषयमा म्यानपावरमा ब्लाकमेलिङ गर्ने थालेको व्यवसायीकै गुनासो छ ।

फ्रि भिसा र फ्रि टिकटमा कामदारले म्यानपावरलाई ब्लाकमेलिङ गर्ने यसलाई फाइदाका रुपमा लिएर युवा, श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर व्यवसायीलाई धम्क्याएर पैसा असुल्ने गरेको पनि व्यवसायीको गुनासो छ ।

mulpatra mulpatra mulpatra

ब्लाकमेलिङको काम भने विभागकै कर्मचारीले गर्ने गरेको व्यवसायीको आरोप हो । यो त ठगिबाट बच्नपनि भनेको हुनसक्छ । कामदारले उजुरी गरेपछि विभागको काम नियमन गर्ने हो ।

सरकारसँग फ्रि भिसा र फ्रि टिकट लागू गरेको प्रमाण समेत छैन । तर जबरजस्ती यो नियम लागू गर्ने नाममा वैदेशिक रोजगारी क्षेत्रमा अस्तव्यस्त थपिएको छ । एकतिर सरकारले नीतिगत सुधार गरी देशगत लागत खर्च नतोक्दा फ्रि भिसा र फ्रि टिकटका नाममा कामदारको उजुरीलाई आधार बनाएर सरकारले ब्लाकमेलिङ गरिरहेको आरोप छ ।

फ्रि भिसा र फ्रि टिकट लागू गर्ने तत्कालिन राज्यमन्त्री टेकबहादुर गुरुङनै भ्रष्टाचारी र वैदेशिक रोजगारीमा चर्को रकम उठाएर कामदार पठाउने म्यानपावर व्यवसायी हुन् ।

Image Source: © https://mulpatra.com

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि विभिन्न चरणमा सिण्डिकेट लगाइएको समस्या हो । स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, भिसा प्रक्रिया, टिकटिङदेखि बैंकिङ सेवासम्म सीमित समूहको नियन्त्रण हुँदा कामदारले अनावश्यक आर्थिक भार र झन्झट बेहोर्नुपरेको गुनासो बढ्दो छ ।

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणमा सिण्डिकेट, कतार भिसा सेन्टरको सिण्डिकेट र खाडीका देश जाने कामदारका हकमा गाम्काको स्वास्थ्य परिक्षणमा सिण्डिकेट छ ।

मलेसिया जाने कामदारका हकमा २०७२ सालपछि कैलाख खड्का नेतृत्वको ३६ वटा स्वास्थ्य संस्थाले सिण्डिकेट लगाएर एकतन्त्र काम गरिरहेको छ । २०७५ सालमा तोड्न भनिएको यो सिण्डिकेट पैसाका भरमा बच्यो । खड्काले पैसाको शक्ति लगाएर अहिलेपनि यो सिण्डिकेट मलेसियाबाट बचाउने प्रयासमा छन् ।

कतार भिसा सेन्टरले समेत कतार जाने कामदारका हकमा सिण्डिकेट नै चलाएर ठगि गरिरहेको छ । यसका सञ्चालक हुन हेम गुरुङ उनी हुण्डी कारोवारमा समेत जोडिएका छन् । उनले कतार भिसामार्फत पक्रियाका नाममा प्रति–कामदार ३० हजार उठाइरहेका छन् ।

हेम गुरुङले सिटी एक्प्रेसमार्फत हुण्डीको कारोवार गरेको उजुरीसहित पक्राउ पुर्जी जारी भएपनि वैदेशिक रोजगार विभागका कर्मचारीलाई पैसा खुवाएर उनी जोगिएका थिए ।

यस्तै गाम्का नेपालले साउदी, ओमान र कुवेत जाने कामदारका हकमा सिण्डिकेट मच्चाएको राखेको छ । यी देशमा जाने कामदारका हकमा गाम्काको सिण्डिकेट आतंक नै छ ।

वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाहरूले यस्तो प्रणालीले कामदारमैत्री वातावरणभन्दा पनि निश्चित समूहलाई फाइदा पुग्ने संरचना बनाएको सरकारलाई थाहा भएपनि नीतिगत सुधारमा ध्यान दिएको छैन ।

सम्बन्धीत भिडियो

खुला प्रतिस्पर्धा, डिजिटल पारदर्शिता, सेवा शुल्कको स्पष्ट मापदण्ड, सरकारी अनुगमन र कामदारलाई स्वतन्त्र छनोटको अधिकार सुनिश्चित गर्न आवश्यक छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो भने सिण्डिकेटको आरोप लाग्ने संरचनामाथि गम्भीर सुधार आवश्यक देखिन्छ ।

विशेषगरी केही मेडिकल, म्यानपावर, बीमा, भिसा सेन्टर र एजेन्ट समूहबीचको अस्वस्थ समन्वयले प्रतिस्पर्धा घटाएर कामदारबाट बढी शुल्क असुल्ने वातावरण बनेको आरोप लाग्दै आएको छ ।

कामदारसँग वास्तविक लागतभन्दा बढी रकम लिने, विकल्प नदिने र ‘यही प्रक्रियामात्र अनिवार्य’ भन्दै दबाब दिने प्रवृत्तिले समस्या झन् बढाएको छ ।

यसले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनेभन्दा पनि कामदारमाथि आर्थिक बोझ थप्ने अवस्था सिर्जना गरेको देखिन्छ ।

न्यून आय भएका युवाले ऋण खोजेर विदेश जानुपर्ने बाध्यता भएकाले यस्तो सिण्डिकेटले उनीहरूलाई थप समस्यामा पारिरहेको छ ।

सरकारले पारदर्शी अनलाइन प्रणाली, खुला प्रतिस्पर्धा, शुल्कको स्पष्ट मापदण्ड, एजेन्ट नियन्त्रण र प्रभावकारी सरकारी अनुगमन आवश्यक छ ।

साथै वैदेशिक रोजगार ऐन तथा कार्यविधिलाई समयानुकूल संशोधन गरेर कामदारमैत्री बनाउने आवश्यकता पनि देखिएको छ ।

वैदेशिक रोजगारी देशको अर्थतन्त्रको आधार बनेको अवस्थामा कामदारलाई सेवा होइन शोषणको चक्रमा पार्ने सिण्डिकेट अन्त्य गर्नु राज्यको मुख्य दायित्व बन्न पुगेको छ ।

वैदेशिक रोजगारी क्षेत्रमा गम्का, मलेसिया तथा कतार भिसा सेन्टरसँग सम्बन्धित सेवा प्रक्रियामा सिण्डिकेट शैलीको प्रभाव अझै कायम रहेको गुनासो कामदार र व्यवसायी दुवै पक्षबाट उठ्दै आएको छ ।

सीमित संस्थामार्फत मात्रै स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया वा कागजात प्रमाणीकरण गरिने व्यवस्थाले प्रतिस्पर्धा घटेको र कामदारमाथि अतिरिक्त आर्थिक भार परेको आरोप लाग्ने गरेको छ ।

विशेषगरी मेडिकल परीक्षण, बायोमेट्रिक, भिसा प्रोसेसिङ र सेवा शुल्कमा पारदर्शिता अभाव भएको भन्दै आलोचना बढिरहेको छ ।

कामदारहरूले विकल्प नपाउने, लामो प्रतीक्षा गर्नुपर्ने र अतिरिक्त खर्च बेहोर्नुपर्ने अवस्था रहेको गुनासो बारम्बार सार्वजनिक हुँदै आएको छ ।

मलेसिया जाने श्रमिकका हकमा गम्का प्रणाली र भिसा सेन्टरसँग जोडिएका प्रक्रियामाथि विगतदेखि नै विवाद रहँदै आएको छ भने कतार भिसा प्रक्रियामा पनि सीमित पहुँच र प्रभावको बहस बेलाबेला उठ्ने गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com