छोरा भेट्न अस्ट्रेलिया पुगेकी कान्छी तामाङको विमानस्थलमै मृत्यु
सिड्नी– छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ।

अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको हो ।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् । प्राप्त जानकारीअनुसार, विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् ।
![]() |
![]() |
![]() |
|---|
अचेत भएर ढलेलगत्तै विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि उनको निधन भएको हो ।
घटनालगत्तै स्थानीय प्रहरीले वागा वागामा रहेका छोरा राजुलाई यस घटनाको जानकारी गराएको थियो। रकम जुटाएसँगै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको छ।



