एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको नेतृत्वमा टोली घोषणा

एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको नेतृत्वमा टोली घोषणा
  • १० जेष्ठ २०८३, आईतवार १४:४४

काठमाडौं– सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

mulpatra

नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि यूएईसँगको दुई खेलको टी–२० सिरिजमा टीममा नपरेका रोहित पौडेल टोलीमा फर्किएका छन् ।

प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म आयोजना हुनेछ ।

mulpatra mulpatra mulpatra

नेपालको टोलीः दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, करण केसी र साहब आलम